निर्वाचनलाई सफल तुल्याउनु सरकारको प्राथमिकता : अध्यक्ष रेग्मी

३० असार २०७०, आईतवार १७:५९ मा प्रकाशित

काठमाडौं, ३० असार  । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण तयारीका साथ अघि बढेको दाबी गरेका छन् । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षामा सम्झौता नगर्ने उल्लेख गर्दै रेग्मीले निर्वाचन स्वतन्त्रता र निष्पक्षताका लागि शान्तिपूर्ण वातावरण अत्यावश्यक हुने भएकाले आवश्यक सबै कानुनी र व्यवस्थापकीय कार्यलाई प्राथमिकता दिएको बताए । शान्ति–सुरक्षा र अमनचैन कायम गर्ने सन्दर्भमा कुनै अवरोध वा बाधा सिर्जना भएमा शान्ति–सुरक्षाका लागि सरकारले शून्य सहनशीलताका साथ सबै उपयुक्त प्रयत्न अवलम्बन गर्ने उनको कथन छ । 
राजधानीमा आयोजित एक कार्यक्रममा उनले संविधान निर्माण भएपछि मात्र देशले सामाजिक, आर्थिक, सांस्कृतिक विकासले दिशानिर्देश पाउने भएकाले संविधान निर्माणका लागि संविधानसभा निर्वाचनलाई सफल तुल्याउनुबाहेक सरकारको कुनै प्राथमिकता नभएको उल्ल्ेख गरे । अहिले निर्वाचनका लागि सरकारले अधिकांश आधारभूत काम सम्पन्न गरिसकेको उनले बताए । दलहरूको सहभागितामा उम्मेदवारी मनोनयन, प्रचार–प्रसार र तोकिएको मितिमा शान्तिपूर्ण वातावरणमा मतदानको सुनिश्चित गर्नु नै सरकारका मुख्य दायित्व भएको रेग्मीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर