दुई महिनादेखि सडक अवरुद्ध, महँगीको मारमा जनता

३० असार २०७०, आईतवार १३:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल, गुल्मी, ३० असार । झण्डै २ महिनादेखि गुल्मीको रिडी रुद्रवेणी सडक खण्डको रुपाकोट गाविसमा पहिरोले लामो समयदेखि यातयात सुचारु नहुँदा जिल्लाको पुरानो ब्यापारिक, केन्द्र वामीटक्सार र बाग्लुङको बुर्तिवाङसम्मका जनता समस्यामा परेका छन् । सुरुमा साँघुरेमा जिल्ला विकास समितिले पर्खाल उठाउँदा एक महिनासम्म सडक अवरुद्ध भएको थियो । लगत्तै रुपाकोटका ेचिउरेनी भिरमा झण्डै एक महिनादेखि गएको पहिरो नहटाएका कारण करिव २ महिनादेखि यातयात सुविधा बन्द भएपछि त्यस क्षेत्रमा खाद्यान्नको अभाव सृजना भएको छ । यातयातका साधन सुचारु नहुँदा जोहाङ खैरेनी, तुराङ मजुवा, भुवाचिदी, वामीटक्सार जस्ता गुल्मी क्षेत्र नम्वर १ का मुख्य वजारहरुमा स्टक उपभोग्य बस्तु सकिएकाले उपभोक्ताहरु त्यत्तिकै फर्किने गरेको बताइएको छ । वामीटक्सार बजारका गल्ला ब्यापारी सुमन कक्षापतिले त्यहाँका हरेक पसलहरुमा स्टक सामानहरु समेत सकिएर संकटआई परेको बताए । बाग्लुङको बुर्तिबाङ सडकखण्डअन्तर्गत गलकोटको खोलामा गाडी तर्न नसकेपछि यातयात सेवा बन्द भएको उनले जानकारी दिए । मुख्य सडक रिडी रुद्रवेणी वामीटक्सार बुर्तिबाङ सडकखण्ड झण्डै दुई महिनादेखि बन्द भएपछि गुल्मी र बाग्लुङको बुर्तिबाङसम्मका हजारौ जनता संकटमा परेका छन् । बाटो बन्दले गुल्मी क्षेत्र नम्वर १ मा विकास निर्माणको काम समेत ठप्प भएकोछ बाटो बन्दको मौका छोपेर वाग्लुङको खारा, ग्वालीचौर, भिमगिठे र यता गुल्मीको शान्तिपुर, भार्से, ठुलो लुम्पृक, रुद्रवेणी लगायतका पसलेहरुले उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरी कालो बजारी गर्ने गरेको गुनासो आएको छ । त्यसो त वर्षयाम भित्रिए लगतै अन्य ग्रामिण सडक बन्द हुनु उपभोक्ताका लागि ठुलो समस्याको विषय भए पनि ब्यापारीका लागि दोब्बर कमाउने सिजन बन्दै आएको छ । प्रशासनिक निकायबाट अनुगमन नहुँदा पनि मन परी मुल्य बृद्धिबाट उपभोक्ता मारमा पर्दै आएका हुन् । एमाओवादी गुल्मीका पुर्ब सभाषद सुर्दशन थापाले जिम्मेबार पक्षबाट नै अनुगमन नभएकोले सर्बसाधारण समस्यामा परेको बताए सडक र प्रशासनका ध्यान जान जरुरीभएको बलालको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका