गुल्मीमा एचआईभी संक्रमित महिला र पुरुष बराबर

३० असार २०७०, आईतवार ०८:१६ मा प्रकाशित

गुल्मी, ३० असार । यस वर्ष गुल्मीमा एचआईभी संक्रमित महिला र पुरुषको संख्या समान भेटिएको छ । जिल्ला एड्स समन्वय समिति र राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपाल गुल्मीले जिल्ला भरी गरेको रगत जाँचमा महिला पुरुषमा बराबर संक्रमण भेटिएको हो ।
गत वर्षको साउनदेखि २०७० जेठसम्मको तथ्यांक अनुसार गुल्मीमा ९ जना महिला र ९ पुरुष गरी १८ जना व्यक्ति एक वर्षमा एच आईभी संक्रमित भेटिएका छन् । जिल्लाका २ हजार ९ सय १९ जना ति संस्थाहरुले रगत जाँच गरेका थिए । गैरसरकारी संस्था नार्डेकले आफ्नो निःशुल्क स्वास्थ्य परीक्षा शिविरमा २ हजार ८ सय २० जना र जिल्ला अस्पतालले ९९ जनाको रगत परीक्षणमा ती संक्रमित फेला परेको जिल्ला एड्स समन्वय समिति (ड्याक)का संयोजक प्रतिक खनालले बताए । अस्पतालमा रगत जाँच गराउने ९९ मध्ये ७ जना र नार्डेकको शिवीरमा जाँच गराउने २ हजार ८ सय २० जना मध्ये ११ जनामा संक्रमण भेटिएको खनालको भनाई छ ।
योसँगै गुल्मीमा अहिलेसम्म १ सय ७९ जनामा एचआईभी संक्रमण भेटिएको र अहिलेसम्म जिल्लामा ११ जनाको एड्स बाट मृत्यु भइसकेको ड्याकले जनाएको छ । गत बर्ष जिल्लामा सक्रमितको संख्या १ सय ५६ रहेको थियो । जिल्लामा संक्रमित मध्ये १७ जना बालबालिका एचआईभी संक्रमित रहेका छन् । परिक्षण गराएका मध्ये अधिकांश संक्रमितहरु २५ देखी ४० बर्षका रहेका छन् । एड्स समन्य समितिले दिएको जानकारी अनुसार जिल्लामा भएका १ सय ७९ जना संक्रमित मध्ये ६२ जनाले जिल्ला अस्पताल तम्घासबाट ए.आर.वि सेवा लिएका छन् भने ५२ जना हाल उपचारमा रहेका छन् । यो आर्थिक बर्षमा थप १४ जना सेवाग्राहीहरुले अन्य अस्पतालबाट प्रेषण भई तम्घास अस्पतालमा सेवा लिइरहेको समितिले जनाएको छ । यो आर्थिक बर्षको ११ महिनामा कुल २ हजार ३ सय ८५ जनाको यौनरोगको उपचार भइरहेको छ । त्यस्तै तम्घास अस्पतालमा गर्भअवस्था जाँच गर्न आएका १ हजार ५ सय ४७ महिलालाई एचआईभी सम्बन्धी परामर्श दिनुका साथै रगत परिक्षण समेत गरिएको थियो ।
नार्डेकले जिल्लाभर जनचेतना मुलक कार्यक्रमहरु, संक्रमितप्रति हुने व्यवहार परिवर्तनका लागि आवश्यक पहल, नियमित औषधी सेवनका लागि सल्लाह, आमाबाट बच्चामा एचआईभी सर्नबाट रोकथाम सेवा, घर तथा समुदायमा आधारित सहयोग तथा हेरचाह कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । ड्याकले पनि उक्त काममा सहयोग गर्दै आएको छ । नार्डेक नेपाल गुल्मीले एचआईभी सक्रमितको उच्च जोखिम रहेका गाविसहरुमा कार्यक्रम विस्तार गरी जनचेतना अभिवृद्धीका लागि विशेष कार्यक्रमहरु गर्दे आएको छ । यस कार्यक्रम अनुसार एचआईभी सक्रमितहरुलाई मनोबैज्ञानिक परामर्श, पोषण सेवा, अवसारबादी सक्रमणहरुको उपचार तथा प्राथमिक उपचार सेवा दिईएको छ । यो सेवाबाट यस वर्ष जिल्लामा ६० जना लाभान्वित भएको नार्डेक नेपालका अध्यक्ष रेशम कुवरले जानकारी दिनुभयो । जिल्लामा विभिन्न परिक्षण तथा तथ्यांक संकलनका आधारमा अस्लेवा, हस्तीचौर, अर्खले, जुनियाँ, जोहाङ्ग, नयाँगाउँ, वामी र विरवार गाविसलाई उच्च जोखिममा राखिएको छ ।
नार्डेक नेपालले आगामी आर्थिक बर्ष २०७०÷७१ का लागि ४९ वटा गाविस थप गरी कार्यक्रमको क्षेत्र विस्तार गरेको नार्डेक गुल्मीका कार्यक्रम अधिकृत राम बहादुर कुँवरले बताए । जिल्लामा सबैभन्दा बढी एचआईभी सक्रमितहरु अस्लेवा गाविसमा रहेका छन । उक्त गाविसमा १४ जना एचआईभी संक्रमित रहेका छन भने त्यसपछि दोश्रोमा हस्तीचौर गाविसमा १२ जना एचआईभी संक्रमित रहेका बताइएको छ । – चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण