महानगरका भ्रष्ट निरीक्षकहरुमाथि अख्तियारको अनुसन्धान

३० असार २०७०, आईतवार ०७:२७ मा प्रकाशित

काठमाडौं, ३० असार । छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि काठमाडौं महानगरपालिकाका पाँच नगर निरीक्षकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा तानिएका छन् । महानगरको पार्किङ, फुथपाथ, होडिङ वोर्ड, अपार्टमेन्ट लगायत मापदण्डविपरीत बनेका घर निर्माणमा अकुत सम्पति कमाएको अभियोगमा आयोगले अनुसन्धान थालेका नगर निरीक्षकहरुमा मनोज लामिछाने, धनपति सापकोटा, विष्णुप्रसाद जोशी, दिनेश अर्याल र राजुनाथ पाण्डे रहेका छन् । उनीहरुमाथि विशेषतः मापदण्डविपरीत बनेका घरधनीहरुबाट घुस लिएर आँखा चिम्लिदिएको अभियोग उजुरीकर्ताले उल्लेख गरेका अख्तियार स्रोतले जनाएको छ । 
उल्लेखित पाँचै निरीक्षकले छोटो समयमा अकुत सम्पति कमाएको भन्ने पटक(पटक उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको स्रोतको कथन छ । यी पाँचबाहेक महानगरपालिकाका अन्य अन्य अधिकारीमाथि पनि उजुरी परेको र तीमाथि पनि अनुसन्धान थालिने बताइएको छ । अनुसन्धान दायरामा परेका अन्यमा निरीक्षक राजुनाथ पाण्डे, दिनेश अर्याल र विष्णु जोशी तथा सई बद्री नगरकोटी र पूर्णचन्द्र भट्ट, हवलदार हर्क थापालगायत रहेका छन् । उनीहरुले पुरानो बसपार्क, साइकलवाला, फलफूल व्यापारीबाट मासिक हजारैँका दरले रकम असुल्ने गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट