सरकारलाई ‘सीमा’मा रहन संयन्त्रको चेतावनी

३० असार २०७०, आईतवार ०७:२२ मा प्रकाशित

काठमाडौं, ३० असार । सरकारले आफ्नो सीमा नाघेर दीर्घकालीन महत्वका निर्णय गर्न थालेको भन्दै उच्चस्तरीय राजनीति समितिले दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार बानेश्वरमा बसेको उच्चस्तरिय समितिको बैठकले वर्तमान सरकार निर्वाचन सम्पन्न गराउनका लागि मात्रै गठन भएकाले दीर्घकालीन महत्व राख्ने कुनै पनि निर्णय नगर्न ध्यानाकर्षण गराएको हो । सरकारले भारतीय विदेशमन्त्री सलमान खुर्सिदको भ्रमणका बेला लुम्बिनी, इलामको पशुपतिनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अध्यागमन कार्यालयको चेकप्वाइन्ट राख्ने संझौता गरेको थियो । चारदलीय संयन्त्रको मुख्य चासो पनि यसैमा केन्द्रित रहेको बुझिएको छ ।
चुनावको वातावरण बन्दै गएकाले संविधानसभा निर्वाचनको तयारीमा लाग्न सरकार र निर्वाचन आयोगलाई सुझाव दिने निर्णय पनि संयन्त्रको बैठकले लिएको छ । समितिका संयोजक विजयकुमार गच्छदार, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, नेता रामशरण महत, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य केपी ओलीलगायतका नेताहरु सहभागी बैठकले नेकपा–माओवादीले वार्ताका लागि टोलीसमेत घोषणा गरिसकेकाले तत्काल वार्ता गरी समस्या समाधान गर्ने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४