एक मधेस प्रदेशमा पुर्नविचार गर्न सकिने नवनियूक्त सञ्चारमन्त्रीको भनाई

२८ चैत्र २०६८, मंगलवार १२:२८ मा प्रकाशित

काठमाडौ, २८ चैत । नवनियूक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपयूक्त विकल्प आए आफूहरु शान्ति र संविधानको सुनिश्चितताकोलागी समग्र मधेस एक प्रदेशको अडानमा पुर्न विचार गर्न सकिने बताएका छन् ।
राजधानीमा मंगलबार आयोजना गरेको साक्षात्कारमा फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष समेत रहेका मन्त्री यादवले मधेस शान्ति र संविधानको पक्षमा रहेको भन्दै मधेस प्रदेशको उपयूक्त विकल्प कोही विद्धानहरुले ल्याए त्यसमा आफूहरु खुल्ला हृदयका साथ छलफल गरेर पुर्न विचार गर्न तयार रहेको बताएका हुन । उनले भने– हामिलाई संघीयता सहितको जेठ १४ भित्रै चाहिन्छ । त्यसकोलागी मधेस जस्तो सुुकै त्याग गर्न पनि तयार छ ।
उनले मधेस सहित समग्र नेपालको हितको लागी जस्तो सुकै कदम उठाउन समेत तयार रहेको स्पष्ट पार्दैै भने– अब मधेस केन्द्रीत मात्रै हुन चाहँदैन । देशलाई आर्थिक विकास र राजनीतिक स्थायित्व चाहिएको छ । त्यसकोलागी मधेस बाधक बन्दैन ।
उनले राष्ट्रिय सहमतिको सरकारको लागी प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व स्विकारेर आउन काग्रेस र एमालेलाई आग्रह गर्दै नभए अहिलेको सरकारले नै शान्ति र संविधान निर्माणको काम पुरा गर्ने बताए ।
उनले भने–राष्ट्रिय सरकार जादुको छडि होईन, विकल्प खुल्ला छ । कुरा गरेर मात्रै हुँदैन, काम पनि गर्नु पर्यो । राष्ट्रिय सहमतिको बाधक को छ र ?
काग्रेस र एमाले ठूलो छाती बनाएर सरकारमा आए आफुहरु मन्त्रालय छाड्न समेत तयार रहेको स्पष्ट पार्दै शान्ति र संविधानको पक्षधरलाई पुरस्कृत गर्दै यसका विरोधीहरुलाई दण्डित गर्नु पर्ने धारणा समेत मन्त्री यादवले साक्षात्कारमा राखे ।
मन्त्री यादवले देश र जनतकोलागी काम गर्न पद नै पाउनु पर्छ भन्ने कुनै आवश्यकता नरहेको जिकिर गर्दै मुलुकको हितलाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता समेत औल्याए ।
एक साता भित्र शान्ति प्रक्रिया पुरा भएर जेठ १४ भित्र संघीयता सहितको संविधान जारी हुने विश्वास ब्यक्त गर्दै त्यसकोलागी आजै बाट मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुको बैठक बस्न लागेको उनले जानकारी दिए । उनले भने– बैठकले शान्ति प्रक्रियामा रहेका केही विवाद समाधान गरेर संविधान निर्माणमा आफुलाई केन्द्रीत गर्छ । माओवादी लडाकुको समायोजन एक सातामै पुरा हुन्छ । अहिले देखिएका दर्जा लगायतका विवाद मिल्छ । लडाकुका शिविर खाली भएर हतियार राज्यको जिम्मा आउँछ । लडाकुहरु सेनाको मातहतमा जान्छन ।
सरकारले शान्ति र संविधानको सुनिश्चितताकोलागी जस्तो सुकै भूमिका  निर्वाह गर्ने स्पष्ट पार्दै मन्त्री यादवले अब जनताको आकांक्षा अनुसारको संविधान बन्ने विश्वास ब्यक्त गरे ।
अब मुलुक यथास्थितिमा रहन नसक्ने ठोकुवा गर्दै उनले यथास्थितिमा रहन खोज्नेहरुलाई पाखा लगाए यूवाहरुले मुलुकको नेतृृत्व लिने चेतावनी समेत दिए । उनले भने–यो देशको अग्रगामि परिवर्तन, आर्थिक विकास, राजनीतिक स्थायीत्व र दिगो शान्तिकोलागी पनि यूवाहरुले नै नेतृत्व लिनु पर्छ ।
उनले मुलुकको सूचना प्रणालीलाई एकद्धारबाट अगाडि बढाउन सार्वजनिक सूचना केन्द्र स्थापना गर्ने घोषणा गर्दै त्यसले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने विश्वास ब्यक्त गरे । उनले भने–यसले सूचना लुकाउने परम्पराको अन्त्य गर्छ र सूचना लुकाउनेलाई दण्डित गर्ने परम्पराको पनि विकास गर्छ ।
सञ्चार क्षेत्रमा क्रान्ति गरेर मुलुकको आर्थिक क्रान्ति गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै मन्त्री यादवले पत्रकारहरुको समस्याको पहिचान गरी समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गरेर पत्रकारका समस्या समाधान गर्ने स्पष्ट पारे ।
नेपाल टेलिकमको मोबाईलको नेटवर्किङमा देखिएको समस्या समाधान गर्दै त्यसलाई आर्थिक रुपमा सम्पन्न गर्न समेत आफुले ध्यान केन्द्रीत गर्ने बताए । उनले भने– अब सञ्चारमन्त्रालय मातहतमा रहेका सरकारी सस्थानलाई नाफा उन्मुख बनाउन काम गर्छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई