दाङ एमालेमा पहिरो !

२९ असार २०७०, शनिबार २०:१६ मा प्रकाशित

काठमाडौं, २९ असार । आफ्नो गाउँमा विकास निर्माणमा कसैले चासो नदिएको भन्दै घोराही तथा देउखुरी क्षेत्रका सयौँ एमाले युवाहरु एमाओवादीमा प्रवेश गरेका छन् । एमालेको भातृ संगठन युवा संघमा आबद्ध ४ सयभन्दा बढी युवाहरु एमाले परित्याग गरी एमाओवादी छिरेका हुन् । एमाओवादी संगठन विभाग प्रमुख कृष्णबहादुर महराले शनिबार दाङमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराए । एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गर्ने युवामा एमाले क्षेत्रीय सदस्यदेखि युवा संघका जिल्ला सदस्यसम्म रहेका बताइएको छ । यसरी एकैपटक चारसयको संख्यामा युवाहरुले पार्टी छोडेर एमाओवादीमा गएबाट एमालेलाई दाङ देउखुरीमा ठूलो झट्का पुग्ने चिन्ता एमाले वृत्तमा गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर