क्यान्सरपीडित मरिचमानसिँहको उपचारमा सरकार उदासिन

२९ असार २०७०, शनिबार १८:१० मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री मरिचमानसिँहको उपचारमा सरकारले बेवास्ता गरेपछि सर्वसाधारणलाई गुहार्नु पर्ने अवस्था आएको सिँहका आफन्तहरुले जनाएका छन् । फोक्सोको क्यान्सरबाट पीडित पूर्वप्रधानमन्त्री मरीचमानसिंह नयाँदिल्लीस्थित मेदान्त अस्पतालको आइसियुमा भर्ना भएका छन् । 
उपचारमा आर्थिक समस्या भएको र सरकारसँग आग्रह गरेको समाचार बाहिर आएपछि उनको उपचारमा सर्वसाधारण जनताले चासो देखाएको र उपचारका लागि सहयोग गर्न सर्वसाधारण तयार भएको बुझिएको छ । छोरा अनिल श्रेष्ठले नयाँदिल्लीबाट विज्ञप्तिमार्फत सरकारसँग सहयोगका लागि आग्रह गरेका थिए । मरीचमानकी बुहारी बबिता श्रेष्ठले नेपालमा सरकार भएजस्तो आफूहरुलाई नलागेको उल्लेख गर्दै सर्वसाधारण जनताले भने उपचारमा सहयोग गर्न चासो देखाइरहेका जानकारी दिइन् । उनका अनुसार कतिपय सर्वसाधारणले टेलिफोन गरेर र भेटेर उपचारका लागि सहयोग गर्न तयार भएको र बैंक खाता मागिरहेका छन् । सरकारका तर्फबाट अहिलेसम्म उनको उपचारका लागि कुनै निर्णय नभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४