हुचिल तस्कर पक्राउ

२९ असार २०७०, शनिबार १७:५४ मा प्रकाशित

काठमाडौं, २९ असार । दुर्लभ बन्यजन्तुको सुचीमा सुचीकृत हुचिल बिक्री गर्न हिँडेका पाँचजना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीको नियन्त्रणमा पर्नेहरुमा गोरखा गाँखु–६ घर भएका २० बर्षीय सरोज भन्ने प्रदीप भट्ट, चितवन जिल्ला लोथर–३ घर भएका ३० बर्षीय शंखलाल तामाङ, सुर्खेत जिल्ला छिन्चु घर भई काठमाडौँ हल्चोक बस्ने २२ बर्षीय रामबहादुर खत्री, तनहुँ जिल्ला गजुरकोट–८ घर भएका ३२ बर्षीय महेन्द्र श्रेष्ठ र ओखलढुंगा जिल्ला कुईविर–२ घर भएका ४५ बर्षीय लाल बहादुर विश्वकर्मा रहेका छन् । उनीहरुलाई बनस्थलीबाट हुचिल सहित पक्राउ गरिएको हो । 
यस्तै मनमैजु डेरा गरी बस्ने बारा जिल्ला अमलेखगंज–९ घर भएका ३२ बर्षीय विजय भन्ने शुक लामा र धादिङ जिल्ला छत्रेदेउराली घर भएका २९ बर्षीय सालिकराम अधिकारीलाई प्रहरीले पेस्तोल र गोली सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले धुम्बाराही शंखपार्कबाट सालिकराम अधिकारीलाई ९ एम.एमको गोली ४ राउण्ड सहित पक्राउ गरेको हो । अनुसन्धानका क्रममा शुक लामाको डेरामा हतियार रहेको खुल्न आएपछि खटिएको प्रहरीले लामालाई ९ एम.एम.को पेस्तोलस हित पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा