बाढीपीडित बालबालिकालाई अमेरिकाबाट शैक्षिक सामग्री

२९ असार २०७०, शनिबार ११:२२ मा प्रकाशित

काडमाडौं, २९ असार । कञ्चनपुरको महेन्द्रनगर–१८ घर भई हाल अमेरिकामा रहेकी विद्यार्थी सुजाता बोहराले दार्चुलाका बाढीपीडित विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् । सुजाताले पठाएको शैक्षिक सामग्री शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सामुदायिक विद्यालयमा अध्ययनरत ६५ बालबालिकालाई वितरण गरिएको छ । वाढीले घरसँगै विद्यार्थीका पाठ्यपुस्तक, कापीकलम, झोला र पोशाक बगाएपछि आफ्नो पकेट खर्चबाट बोहराले शैक्षिक सामग्री सहयोग गरेका हुन् । 
खलंगा गाविसको जगन्नाथ प्राविका १६, उमावि खलंगाका ११, कैलाशपति निमावि छाङरुका २२, मोती महिला संघ प्राविका ३ जना, दशरथनगर प्राविका ८ जना र छन्नातिंकरी कन्यामाविका ५ विद्यार्थीलाई सामग्री वितरण गरिएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा सुजाता बोहराका आमा जानकी बोहराले थोरै भए पनि दुःखका बेला केही सहयोग गर्न खोजेको बताइन् भने सम्बन्धित बालबालिकाका अभिभावक एवम् विद्यार्थीहरुले शैक्षिक सामग्री उपलब्ध गराएकोमा खुशी र धन्यवाद प्रकट गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण