६ वटा उजुरी परेपछि ६ वर्षमा बल्ल भयो भारतीय नागरिकको नागरिकता बदर

२९ असार २०७०, शनिबार ११:०६ मा प्रकाशित

दीपक गौतम, वीरगञ्ज, २९ असार । फर्जी प्रमाण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिक अमरेन्द्रप्रसाद कलवारको नागरिकता अन्ततः बदर भएको छ । फर्जी प्रमाण पेश गरी २०६३ साल चैत ११ गते कलवारले पर्साबाट नेपाली नागरिकता लिन सफल भएका थिए । गृहमन्त्रालयले ३४१०२२÷४८ नम्बरको नेपाली नागरिकता बदर गर्नुका साथै भारतीय नागरिक कलवारलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई आदेश समेत दिई सकेको छ । ६ जनाले कलवार भारतीय नागरिक भएको प्रमाण पेश गरी निवेदन दिएको करिब ६ बर्ष बित्न लाग्दा भारतीय नागरिक कलवारको नागरिकता बदर भएको हो ।
२०७० साल जेष्ठ १६ गते बसेको मन्त्री परिषदको निर्णयबाट नागरिकता बदर भएको भएको र यसको जानकारी जिल्ला प्रशासन कार्यालय पर्सालाई जेष्ठ २७ गते पत्र पठाउँदै भारतीय नागरिक कलवारसहित नागरिकता प्रदान गर्न सहयोग पु¥याउने अन्य सबैलाई कारवाही गर्न गृहमन्त्रालयले आदेश दिएको छ । बिगत ६ बर्ष देखि उक्त नागरिकता खारेजी प्रक्रिया चलिरहेको थियो भने कहिले फाईल नै गायब पारिन्थ्यो कहिले निवेदन । जिल्ला देखि गृह मन्त्रालय सम्मका अधिकांश कर्मचारीहरुलाई यो नागरिकता काण्डको बारेमा जानकारी थियो ।
२०६३ सालमा फर्जी प्रमाण पेश गरी भारतीय नागरिक कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिन सफल भएका थिए भने कलवार भारतीय भएको प्रमाणित हुने प्रमाण सहित २०६४ कार्तिक ३० गते पहिलो ०६७ माघमा दोश्रो २०६८ पुसमा तेश्रो २०६९ जेष्ठमा चौथो २०६९ असारमा पाचौ र छैठौं उजुरी निवेदन जिल्ला प्रशासन कार्यालय पर्सामा परेका थिए ।
भारतको विहार राज्यले कलवारलाई प्रदान गरेको पहिचान पत्र, भारतीय मतदाता नामावलीको प्रमाणित फोटोकपी, यहाँसम्म कि भारतको स्थानीय ग्राम पञ्चायतका प्रमुख र मुखियाको भारतीय नागरिक भएको सिफारिसपत्रका फोटो कपी तथा जिल्ला प्रहरी कार्यालय पर्साको सर्जमिन मुचुल्का जसमा कलवार भारतीय नागरिक भएको भनी स्पष्ट रुपमा खुलाई पठाइएको सर्जमिन मुचुल्का लगायतका प्रमाणहरु हुदाहुदै पनि नागरिकता खारेज हुन ६ बर्ष लागेको छ ।
कलवारको नागरिकता बदर प्रक्रिया लम्ब्याउनमा लाखौं धनराशी खर्च भइरहेको दाबीसहित समाचार स्थानीय एवम् राष्ट्रिय समाचारपत्रहरुमा समाचारह प्रकाशित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा