अस्पतालका सटर एमाओवादी कब्जामा, एमाओवादीद्वारा अस्वीकार

२९ असार २०७०, शनिबार १०:४२ मा प्रकाशित

रुपन्देही, २९ असार । अस्पताल विकास समितिसँग मिलेमतो गरी एमाओवादी रुपन्देहीले लुम्बिनी अंचल अस्पतालका सटरहरु विनाटेण्टर विभिन्न फार्मेसीका लागि भाडामा दिएको समाचारको सो पार्टीले खण्डन गरेको छ । उक्त पार्टीका जिल्ला संयोजक दधिराम न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गरी विनाप्रतिस्पर्धा सटर भाडामा लगाउने विषयमा पार्टी तथा पार्टीमा आवद्ध व्यक्तिको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । आफूले केही दिन पहिले मिडियामार्फत उक्त कुराको जानकारी पाएको र त्यसमा पार्टीको नाम जोडिएको भन्दै उनले गम्भिर ध्यानकर्षण भएको जनाएका हुन ।
‘हाम्रो पार्टी राज्यको कुनै पनि सार्वजनिक सम्पत्तिको प्रयोग नेपाल सरकारको प्रचलित नियम कानुन अनुसार हुनु पर्दछ भन्ने मान्यता राख्दछ’ उनले पे्रस विज्ञप्तीमा उल्लेख गरेका छन– प्रचार गरिएजस्तो उक्त विषयमा हाम्रो पार्टीका कुनै नेता कार्यकर्ता जोडिएको वा अनियमिततामा संलग्न भएको प्रमाणित भएमा तुरुन्तै कार्वाही गरी सार्वजनिक गर्न प्रतिवद्ध छौ ।’

यसैबीच रुपन्देही एमालेले संविधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरु गरेको अभियानअन्तर्गत रुपन्देही क्षेत्र नं. ४ मा घरदैलो कार्याक्रम अन्तिम चरणममाा पुगेको छ । बुटवल नगरपालिकाका १५ वटा वडामध्ये अधिकांशमा घरदैलो अभियान सकिएको र केही वडाहरुमा जारी रहेको क्षेत्रीय प्रचार विभाग प्रमुख राजेन्द्र ढकालले जानकारी दिए । घरदैलो अभियानमा पार्टी नेताहरु त्रिलोचन ढकाल, डा. रेवती शर्मा, भुपेन्द्र ज्ञवाली, हेमबहादुर थापा, देवकला अर्याल, कमल थापा, राजेन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो । घरदैलोले जनतामा निर्वाचनप्रति जागरुकता ल्याएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण