सर्पदंशका १ सय ५३ बिरामीमध्ये सातले ज्यान गुमाए

२९ असार २०७०, शनिबार १०:२५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २९ असार । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा यस आर्थिक बर्षको अन्त्यसम्ममा १ सय ५३ जना सर्पदंशका बिरामी आएका र त्यसमा ७ जनाले ज्यान गुमाएको अस्पतालको रेकर्डले देखाएको छ । यस क्षेत्रमा करेत भाइपर गोमन सर्प पाइने गरेको र  चैत्रदेखि कार्तिकसम्म सर्पका बिरामी बढी आउने गरेको लुम्बिनी अञ्चल अस्पताल इमर्जेन्सी भिागले जानकारी गराएको छ । गत बर्षभन्दा यस बर्ष सर्पदंशका बिरामी बढी आएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराजको भनाई छ । अहिले विगतको बर्षमाभन्दा छिटो बर्षा सिजन शुरु भएकोले पनि सर्पका बिरामी बढि आएको उनको भनाई छ ।
असारसम्मको तथ्यअनुसार सर्पले टोकेका बिरामी १५३ जना आएका र त्यसमा ७ जनाको मृत्यु भएको रेग्मीले बताए । लुम्बिनी अञ्चलका ६ जिल्ला बाहेक दाङ, प्युठान, गोर्खा, सल्यान, रोल्पा लगायतबाट जिल्लाबाट उपचार, गराउन आउने गरेका उनको भनाई छ । सर्पका बिरामी अन्य जिल्लाबाट भन्दा बढी रुपन्देहीबाट आएका र अन्य जिल्लाहरुमध्ये नबलपरासी र कपिलबस्तुबाट आउने गरेको रेग्मीको बताइन्छ । बिगतको बर्षमा भन्दा यस बर्षका बढीलाई सर्बले टोकेको भए पनि मृत्यु कम भएको तथ्यांकमा उल्लेख गरिएको छ । रेकर्डर रेग्मीका अनुसार ६० प्रतिसत करेत २० प्रतिसत कोब्रा र अन्य सर्पले टोकेका २० प्रतिसतका बिरामी आउने गरेका छन् ।

एकै परिवारका ३ जना बालबालिकाको मुत्यु
गत विहिवार दिउँसो आएको बाढीले बगाउँदा नवलपरासीमा एकै परिवारका ३ जना बालबालिकाको मुत्यु भएको छ । मुत्यु हुनेमा तम्सरीया ८ का १२ वर्षीया मेलीना कुमाल, १४ वर्षीया एलिना कुमाल र १५ वर्षका सुसन कुमाल रहेको नवलपरासी प्रहरीले जनाएको छ । उनीहरु दुई दाजुभाइका छोराछोरी हुन् । मुत्यु भएका २ दीदिबहिनी मेलिना र एलीना दाजु गोपी बगाले कुमालका छोरी हुन् भने सुसन भाइ लिला कुमालका छोरा हुन् ।
रोपाई गरी घर फकिर्ने क्रममा नारायणी गाविस ८ स्थित उल्टीखोलामा एक्कासी आएको बाढीले तीनै बालबालिकालाई बगाएको हो । स्थानीय वासीन्दा र प्रहरीको संयूक्त प्रयासमा उद्धार गरी उपचारका लागि लगिएको प्राथमिक स्वास्थ्य केन्द्र चोरमाराले रेफर गरेपछि मध्यविन्दू सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगिएको छ ।
यसैबीच देशका विभिन्न भूभागमा परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परि भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतस्वरुप पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलले रु. ५१ हजार ५ सय रुपैया नगद प्रदान गरेको छ । प्रधानमन्त्री दैविप्रकोप राहात कोषमा जम्मा हुने गरि समितिले सो रकम प्रदान गरेको समितिका अध्यक्ष गणेशप्रसाद पन्थले बताए ।
समितिले नेपाल ट्रक यातायात व्यवसायी महासंघमार्फत उक्त रकम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई हस्तान्तरण गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाट, पश्चिमाञ्चल यातायाता व्यवसायी समितिका अध्यक्ष गणेशप्रसाद पन्थसहितको टोलीले मन्त्रीपरिषदको कार्याकमा एक कार्यक्रमका बिच महासंघकातर्फबाट संकलन गरिएकोे चेक हस्तान्तरणगरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर