रकम अभावमा जिल्ला खेलकुद विकास समितिको भवन निर्माण प्रभावित

२८ चैत्र २०६८, मंगलवार ११:४६ मा प्रकाशित

ताप्लेजुङ, २८ चैत । निर्माणाधीन जिल्ला खेलकुद विकास समितिको ताप्लेजुङको भवन निर्माण,  रकम अभावमा अलपत्र परेको छ । २०६६ सालदेखि निर्माण सुरु भएको भवनको अहिलेसम्म आधा काम पनि नसकिएको जिल्ला खेलकुद विकास समितिका सदश्य सचिव यज्ञनिधी पौडेलले जानकारी दिनुभयो  । पुरानो भवन निर्माणार्थ राष्ट्रिय खेलकुद परिषद्को चार लाख रकम,  जिविसको अतिरिक्त बजेटबाट  १० लाख,  जिल्ला  परिषद्बाट ५ लाख, सहरी विकास इलामबाट प्राप्त चार लाख गरी २३ लाख रकमबाट टाइबीम, १८ वटा पीलर, ट्वाइलेटको सेफ्टी ट्याङ्की र छतको आधा भाग मात्र  निर्माण भएको उहाँले जानकारी दिनुभयो  । आर्थिक वर्ष २०६८ ÷०६९  मा जिल्ला विकास समिति न्यूनतम सर्त मूल्याङ्कन मापनमा असफल भएकोले अनुदान रकममा कटौती हुँदा खेलकुद विकास समितिले पाउनुपर्ने ५ लाख रकमसमेत नआएको सदस्य सचिव पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी