रहेनन् प्राण

२९ असार २०७०, शनिबार ०८:२२ मा प्रकाशित

एजेन्सी । हिन्दी सिनेमाका विख्यात चरित्र अभिनेता प्राणको निधन भएको छ । ९३ वर्षीय प्राणको मुम्बईको लिलावती अस्पतालमा शुक्रबार साँझ निधन भएको हो । लामो समयदेखि बिरामी परेका उनलाई केही दिनअघिदेखि अस्पताल भर्ना गरिएको थियो । 
यसै वर्ष मात्र हिन्दी सिनेमा जगतको अत्यन्त सम्मानित पुरस्कार दादा साहेव फाल्के अवार्डबाट सम्मानित प्राणले मिलन, मधुमति, बबी, जंजीर, राम और श्यामलगायत थुप्रै चर्चित सिनेमामा अभिनय गरेका छन् । यसैगरी कस्मीरकी कली, खानदान, औरत, बडी बहन, हाफ टिकट, पूरव और पश्चिम आदि सिनेमा उनका यादगार सिनोमाहरु हुन् । सात दशकको आफ्नो अभिनय यात्रामा प्राणले सिनेमाको भिलेन चरित्रलाई हिरोसमान उभ्याउन यस हदसम्म सफल भए कि उनको खलनायकीको प्रभावका कारण मानिसहरुले आफ्ना सन्ताको नाम प्राण राख्नै छोडिदिएका थिए भन्ने सम्मको चर्चा आजसम्म चल्ने गरेको छ ।
सुरुमा सिनेमामा खास सफलता नमिलेपछि पलायन बन्न लागेका प्राणले देवानन्दको आग्रहमा काम गरेको सन् १९४८ को एक सिनेमाबाट सफलता मिलेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

सिड्नी । अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष