‘अबको प्रहरीको सेवा मुस्कानसहितको’

२९ असार २०७०, शनिबार ०८:०१ मा प्रकाशित

चितवन, २९ असार । करिब एकवर्ष लामो कठिन तालिमपछि आयोजित दीक्षान्त समारोहमा सहभागी ११ जना प्रहरी सहायक निरीक्षक (असई)बहोस भई मैदानमा ढलेका छन् । मध्यक्षेत्रीय तालिम केन्द्र भतरपुरबाट दीक्षित भई शुक्रबार आ–आफ्नो कार्य क्षेत्रमा जान तयार १ सय ४० असईमध्ये ११ जना कवाज देखाउने क्रममा मैदानमै ढलेका थिए । बेहोस बनेका उनीहरूको तत्कालै तालिम केन्द्रभित्र रहेको स्वास्थ्य शाखामा उपचार गरिएको थियो । निरन्तरको तालिम र बिहानको चर्को घामका कारण उनीहरू बेहोस भएको हुनसक्ने एक प्रहरी अधिकृतले बताए ।
शुक्रबार सम्पन्न दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पुष्कर रेग्मीले समयसँगै प्रहरी बदलिनुपर्ने बताएका छन् । ‘अबको सेवा भनेको मुस्कानसहितको प्रहरी सेवा हो’ रेग्मीले भने । समाजमा व्याप्त दण्डहीनता र आर्थिक अनियमितताको घटना न्यूनीकरण गर्न प्रहरी लाग्नुपर्ने उनको भनाइ थियो । मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा शुक्रबार प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १५७औं समूहका सहभागी दीक्षित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा