सबै पार्टी चुनावमा आउने परिस्थिति बनेको पौडेलको दाबी

२९ असार २०७०, शनिबार ०७:०८ मा प्रकाशित

रासस, दमौली, २९ असार । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले मङ्सिर ४ गते नै चुनाव हुने बताएका छन्। गृह जिल्ला तनहुँ आउनुभएका पौडेलले व्यास–५ को दुम्सीमा शुक्रबार सञ्चारकर्मीसँगको भेटमा सो कुरा बताएका हुन्।
मङ्सिरमै चुनाव सम्भव छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा मङ्सिर ४ बाट चुनाव कुनै पनि हालतमा पछि नसर्ने उनले बताए। संविधानसभाको दोस्रो निर्वाचनमा इमान्दार, कर्मठ, त्यागी र स्थानीयस्तरमा लोकप्रिय व्यक्तिलाई नेपाली काँग्रेसले टिकट दिने उनले बताए।
चुनावमा नआउने राजनीतिक दलले नै घाटा बेहोर्ने बताउँदै उहाँले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न नै वर्तमान सरकार गठन गरिएको उल्लेख गरे। पछिल्लो समयमा आएर सबै पार्टी चुनावमा आउने परिस्थिती बन्दै गएको दाबी काँग्रेस नेता पौडेलको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच