अशोक राईले दिए निर्णायक आन्दोलनको चेतावनी

२९ असार २०७०, शनिबार ०७:०१ मा प्रकाशित

काठमाडौं, २९ असार । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले ‘वर्तमान अवस्थामा कानुनी एवं निर्वाचनका आधारमा सबै राजनीतिक दलको समान हैसियत रहेको भन्दै कथित चार दललाई आफूखुसी गर्न नदिने उदघोष गरेका छन् । पार्टी कार्यालय महाराजगन्जमा शुक्रबार संघीय प्रेस युनियन घोषणा गर्दै राईले ६५ वर्ष पुरानो पार्टी होस् वा नयाँ, निर्वाचनको दृष्टिमा सबै समान रहने तर्क गर्दै अबको राजनीतिक निकासका लागि सर्वदलीय सम्मेलन हुनुपर्ने बताए । चार दलीय उच्चस्तरीय समितिले आफूखुसी संविधानसभा चुनाव भन्दै हिँडेको आरोप लगाउँदै त्यसविरुद्ध आफ्नो पार्टीले छिट्टै सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए ।
चारदलीय समितिले गरेको ११ बुँदे र राष्ट्रपतिबाट भएको २५ बुँदे सम्झौता ‘खारेज हुनुपर्ने उनले दोहोरयाए । यसको पहलकदमी नभए छिट्टै निर्णायक आन्दोलन ल्याइने उनको चेतावनी थियो । संविधानभसाको संख्या ६ सय १ बाट घटाएर ४ सय १ तुल्याइनु षड्यन्त्र भएको दाबी गर्दै आदिवासी जनजातीलाई राजनीतिक मूलधारमा आउन नदिन चार दलले यो षडयन्त्र गरेको राइको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास