बन्द गराउँदै हिँडेका लडाकु समातिए

२८ चैत्र २०६८, मंगलवार ११:४५ मा प्रकाशित

चितवन, २८ चैत । बहिर्गमित जनमुक्ति सेनाले आयोजना गरेको चितवन बन्दको क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका बहिर्गमित जनमुक्ति सेनाका कमाण्डर ईन्चार्ज ज्वाला नेपालसहित दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्रेको हो । नारायणगढको पुलचोबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले अहिले आफ्नो नियन्त्रणमा राखेको छ । सातवटै डिभिजनभित्र भएको आर्थिक अनियमिततालाई लिएर गरेको बन्दको चितवनमा सामान्य प्रभाव परेको छ । आज बिहान भरतपुरमा पत्रकार सम्मेलन गरेर बहिर्गमित जनमुक्ति सेनाले चितवन बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको