चीनले दियो वैद्यलाई चुनावको दबाब

२८ असार २०७०, शुक्रबार १४:०३ मा प्रकाशित

काठमाडौं, २८ असार । अचानक चीन भ्रमणमा गएका नेकपा माओवादीका अध्यक्ष्य मोहन वैद्य र उपाध्यक्ष सीपी गजुरेललाई चीनियाँ उपराष्ट्रपति ली युनचाओले भेट दिएको बताइएको छ । बुधबार भएको भेटमा संविधानसभा चुनावमा सहभागी भएर राजनीतिक स्थिरता र आर्थिक समृद्धिमा लाग्न सुझाव दिएको स्रोतले जनायो । चुनाव बहिस्कार गर्ने निर्णय सार्वजनिक तवरमा भाषणको विषय बनाइरहेको माओवादी नेतृत्वलाई यसरी चिनीयाँ उपराष्ट्रपतिले चुनावको पक्षमा उभिन दिएको सुझाव टाउकोदुखाईको विषय बन्ने अनुमान गरिएको छ । चीन भ्रमण पूरा गरी उपाध्यक्ष गजुरेलसहित माओवादी अध्यक्ष वैद्य बिहीबार साँझ काठमाडौं फर्किसकेका छन् ।
चुनावपछि राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फ नेपाल अगाडि बढ्न सक्नेु भन्दै चीनले माओवादीलाई अन्य दलसँग मिलेर निर्वाचनमा जान आग्रह गरेको वैद्यले बताएको स्रोतको कथन छ । यसअघि दुईपटक गोप्य रुपमा चीन भ्रमण गरी माओवादी सचिव नेत्रविक्रम चन्दले आफ्नो छुट्टै राजनीतिक लाइन प्रस्ट्याउने प्रयास गर्दै पार्टी विभाजनको औचित्य पुष्टि गर्न खोजे पनि बेइजिङका कम्युनिस्ट अधिकारीहरूले दुई माओवादीलाई एक हुन आग्रह गर्दै आएको स्रोतले जनायो । उपाध्यक्ष गजुरेललाई साथ लिएर गएका वैद्य अन्तर्राष्ट्रिय चीनको दक्षिणपश्चिम सहर कुनमिङ हुँदै गत मंगलबार बेइजिङ पुगेका थिए। उपराष्ट्रपतिसँग बुधबार उनीहरुको भेट भएको हो ।
वैद्य–गजुरेलसँग सुरुमा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङले चुनाव बहिस्कार गर्ने माओवादी नीति, दुई माओवादीबीच एकताको सम्भावना तथा क्षेत्रीय भूराजनीतिबारे लामो छलफल गरेका थिए। त्यसपछि मात्र उनीहरुलाई उपराष्ट्रपति लीसँग भेटवार्ता गराइएको थियो। पार्टीको संगठन विभागप्रमुख रहिसकेका ली चार महिनाअघि उपराष्ट्रपतिको रुपमा चीनको नयाँ नेतृत्वमा आएका हुन्भने उनले राष्ट्रपति सी जिनपिङबाट विदेश मामिला हेर्ने जिम्मेवारी समेत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४