तमलोपासँग एकीकरण गरिन्न, वैद्यसँग मोर्चाबन्दी छैन : यादव

२८ असार २०७०, शुक्रबार १३:२४ मा प्रकाशित

काठमाडौं, २८ असार । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरण हुन नसक्ने बताएका छन् । विचार र सिद्धान्त नमिल्ने मधेसी दलहरूबीच एकताको सम्भावना नरहेको भन्दै मधेसी पत्रकार संघले फोरम नेपालकै कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा यादवले भने, ‘मधेसवादी दलका नेतामा जुन रवैया देखिएको छ त्यसले एकता होलाजस्तो लाग्दैन ।’
एकीकरणका लागि विचार र सिद्धान्तमा स्पष्ट नभएसम्म एकता हुनै नसक्ने उनको धारणा थियो ।
सरकारले आफूलाई संविधानसभा निर्वाचन विरोधीका रूपमा देखाउने प्रयास गरेको भन्दै अध्यक्ष यादवले आफूहरू कहिल्यै चुनावविरोधी नभएको दाबी गरे । मोहन वैद्यसँग कुनै प्रकारको मोर्चाबन्दी नरहेको स्पष्ट पार्दै उनले मोहन वैद्यले निर्वाचन नै हुनुहुँदैन भनिरहेका छन् भने आफूहरू निर्वाचनका पक्षमा रहेकाले उनीहरूसँग कुनै तालमेल नभएको प्रस्ट्याए । विनातयारी चुनाव गराए त्यसको परिणाम राम्रो नहुने चेतावनी यादवले दिए ।
सविधानसभाबाट कस्तो संविधान बनाउने कुराको अहिले नै तय गरी विवादित विषय अहिले नै टुंगो नलगाए संविधानसभाको कुनै औचित्य नरहने यादवले दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४