गृहका शाखा अधिकृतको शक्ति

२८ असार २०७०, शुक्रबार ०९:३९ मा प्रकाशित

काठमाडौं, २८ असार । एउटा शाखा अधिकृतको क्षमता कति सम्म हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण हेर्न गृहमन्त्रालयका हिराकाजी श्रेष्ठले परिचालन गरेको क्षमता हेरे पुग्छ । एकैजना मान्छे एउटै शाखामा पाँच वर्षसम्म बस्न सक्दोरहेछ र सरुवा भए पनि रवाना भएर जानु नपर्ने क्षमता राखेका हिराकाजी अहिले गृहमन्त्रालयका शक्तिशाली शाखा अधिकृत मानिन्छन् । अख्तियारमा उजुरी परेर स्पष्टिकरण समेत दिइसकेका उनीविरुद्ध अहिले पनि अख्तियार, सतर्कता केन्द्र र गृहमन्त्रिकोमा उजुरी परे पनि उनको स्वभावमा कुनै परिवर्तन देखिँदैन । उनि झनै शक्तिशाली पो देखिन थालेका छन् । 
उनलाई यस्तो कार्यमा उनकै शाखाका सहसचिव भोला शिवाकोटीको दह्रो साथ दिएका देखिन्छ । मन्त्रालयका अन्य कर्मचारीबीच चर्चा चलेको छ– शक्ति र पैसा भएपछि सरुवा भएको के ? स्पष्टिकरण लिएको के ? र, अख्तियारमा उजुरी परेर बयान दिए पो के ?
विगत चार महिनाअगाडि मन्त्रालयले नै आन्तरिक सरुवा गरिदिएको उनलाई अहिलेसम्म रमाना बुझेर बुझबुझारथ गर्नसम्म पनि कसैले जोड दिन नसकेको कर्मचारीहरू बताउँछन् ।
चालु वर्षको अन्तिम र आगामी आवको पुर्वार्धमा दुवै वर्षको कमिसन असुलिरहेका हिराकाजी श्रेष्ठका गतिविधिबारे कर्मचारीबीच चर्चा चले पनि सहसचिव शिवाकोटीको आशिर्वादले उनलाई कसैले छुन नसकेको कर्मचारी सुत्र बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस