दुबै छिमेकीको आर्थिक समृद्धिको लाभ लिन संविधानसभा निर्वाचन आवश्यक : नेका सभापति कोइराला

२८ असार २०७०, शुक्रबार ०७:५४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, भर्जिनिया, २८ असार । काँग्रेस सभापति सुशील कोइरालाले दक्षिण एशियाको शान्ति र समृद्दिको लागि नेपालमा घोषित मितिको निर्वाचन सम्पन्न हुने पर्नेमा जोड दिनु भएको छ । स्वास्थ्य उपचारका लागि अमेरिका आउनु भएका काँग्रेस सभापति कोइरालाले एभरेष्ट हेराल्डसंग विशेष कुराकानी गर्दै संबिधान सभाको निर्वाचन हुनुनै नेपालको शान्ति र समृद्दिको आधार भएको र अन्तराष्ट्रिय समुदाय अमेरिका, भारत र यूरोपेली समुदाय घोषित मितिको निर्वाचन सम्पन्न हुने पर्ने पक्षमा रहेको हुदा दलहरु संबिधान सभा निर्वाचनको पक्षमा लाग्नु पर्नेमा जोड दिनु भएको हो । न्युयोर्कको स्थानिय तिथि अनुसार जुलाई १२ तारिख विहान ८: ३० बजे इमिरेट्स एअरलाइन्सको नियमित उडानबाट नेपाल फर्किन लाग्नु भएका काँग्रेस सभापति सुशील कोइरालाले माओवादीको वैद्य समूह र तराई केन्द्रित दलहरु पनि निर्वाचनमा सहभागी हुने दावी गर्नु भएको छ । काँग्रेस सभापति कोइरालाले एभरेष्ट हेराल्डसंग दावी गर्नु भयो, काँग्रेस कमजोर हुदा नेपालमा प्रजातन्त्र कमजोर रह्यो तर अहिले काँग्रेस बलियो छ र जनताले निर्वाचन चाहेका छन,निर्वाचनले प्रजातन्त्र पुनर्स्थापित गर्नेछ । काँग्रेस सभापति कोइरालाले छिमेकीहरुको आर्थिक समृद्दिको लाभ लिन पनि निर्वाचन मार्फत प्रजातन्त्र पुनर्स्थापित हुन जरुरी रहेकोमा जोड दिनु भयो । कोइरालाले नेपालको प्रजातन्त्र पुनर्स्थापित हुन सके दक्षिण एशियाको शान्ति र समृद्दि हुने बताउदै भारत र अमेरिकाको सद्भावले नेपालको प्रजातन्त्रिक आन्दोलन बलियो भएको बताउदै नेपालले दुवै छिमेकीको आर्थिक समृद्दिको लाभ लिन घोषित मितिमा संबिधान सभाको निर्वाचन आवश्यक रहेको बतानु भयो । सभापति कोइरालाले नेपालको जारी शान्ति प्रक्रिया प्रति भारतले देखाएको सदभावको प्रसंशा गर्दै जनताले निर्वाचन चाहेका छन सवै छिमेकी र मित्र राष्ट्रलाई घोषित मितिमा संबिधान सभाको निर्वाचनको पक्षमा उभिन र आवश्यक सहयोग गर्न आग्रह गर्नु भएको छ । स्वास्थ्य उपचारका लागी अमेरिका आउनु भएका काँग्रेस सभापति कोइराला एक साता लामो अमेरिका बसाइ पछि नेपालको स्थानिय समय अनुसार शनिबार साँझ ६: ३० बजे इमिरेट्स एअरलाइन्सको नियमित उडानबाट काठमाडौं अवतरण गर्नु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस