लालबकैयाको बाढीले रौतहट अस्तव्यस्त, सेनाद्वारा उद्धार

२८ असार २०७०, शुक्रबार ०७:१८ मा प्रकाशित

काठमाडौं, २८ असार । मिति २०७० असार २५ गतेदेखि लगातार आईरहेको वर्षाको कारण रौतहट जिल्लाको गौर नगरपालिका–७ टिकुलियास्थित लालबकैया खोलाको बाढीले तटबन्ध भत्काई सरदमुकाम आसपासका क्षेत्रहरुमा भएको डुवानबाट पिडितहरुको उद्धार कार्य तथा तटबन्ध निर्माण कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । 
उक्त बाढीको कारण गौर नगरपालिका सवगढास्थित लालबकैया नदीको बाढीबाट डुवानमा परेका स्थानिय ६ किसानहरुलाई नेपाली सेनाले सकुशल उद्धार गर्नुको साथै गत मंगलबारदेखि रातभर तटबन्ध निर्माणमा संलग्न रहेको छ । उक्त बाढीले गौर नगरपालीका टिकुलिया वडा नं. २, ३, ६ साथै बडहरवा ३, डुमरिया ७ र बन्जहरा गा.बि.स.स्थित वडा नं. १ देखि ८ सम्म डुबानमा परे तापनि मानविय क्षति भने भएको छैन ।
गत बुधबार लाल बकैया नदीको बाढीले करिब १५ मिटर बाँध फुटाई पूरै सदरमुकाम तथा आसपासका क्षेत्रहरु डुबानमा पर्न सक्ने सम्भावना रहेकोले नेपाली सेनाको कालीशक्ति गण (ई), अमरदल गुल्म, नं.७ बाहिनी अड्डा अन्तरगतका युनिटहरुबाट ४ सय फौज बाँध नियन्त्रण लगायत उद्धार कार्यको लागि आवश्यक सामाग्रीसहित परिचालन भएको छ । यस कार्यमा स्थानिय बासिन्दा तथा अन्य सुरक्षा निकायका फौजहरु समेत समावेश रहेका छन् ।
हालसम्म ग्याबिन जाली लगाउने, स्याण्ड व्याग तथा बाँस लगायत स्थानिय तहमा उपलव्ध साधन श्रोतको प्रयोग गरी बाँध फुटेको स्थानहरुमा तटबन्ध गर्ने कार्य गरी बाढी नियन्त्रणमा लिईएको र बाढीले कटान गर्नसक्ने थप सम्भावित स्थानहरुमा तटबन्ध लगाउने कार्य जारी रहेको पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा