गण्डक बाँध क्षेत्रमा फेरि कटान बढ्यो

२८ असार २०७०, शुक्रबार ०७:१५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २८ असार । नारायणी नदीमा आएको बाढीले कटान थालेपछि गण्डक बाँध क्षेत्रका बासिन्दा आतंकित भएका छन् । गण्डक बाँधको ठोकर नं ६ देखि १३ सम्ममा तीब्र कटान हुन थालेपछि स्थानीयबासिन्दा आतंकित बनेका हुन् । यहाँ अंग्रेजी अक्षर यूको आकारमा बाढीले कटान थालेको छ । खेती योग्य जमिन कटान थालेपछि कलिला उखु काट्दै घाँसको रुपमा प्रयोग गर्न गाउँले बाध्य भएका छन् । पटक पटक गण्डक बाँधको मर्मतको कुरा उठाएपनि नेपालको सिचाई मन्त्रालयले कुनै सुनुवाई नगर्दा पानी परेपछि समस्या हुने गरेको त्रिबेणीका सुरज कोहारले बताएका छन् ।
कटान क्षेत्रमा बोराले तटबन्धन निर्माण थालेपनि खासै बाढी रोक्न नसक्दा कटान तीब्र भएको हो । ठोकर नम्बर ६ बढी जीर्ण बनाएको छ । यसअघि ठोकर नं। १२ को नोज ९चुच्चो० बाढीले कटान गरेको थियो । अहिले ६ नम्बरदेखि १३ सम्म जोखिम बढेको छ । कुडिया र नर्सही गाविसको सिमामा नै नदीले बढी कटान गरेको छ । पानी नरोकिँदा स्थानीयबासिन्दा आत्तलिएका छन् । बाढीले ठोकरहरु भत्कँदा सिधैं कुडिया र नर्सहीमा बाढी पस्ने खतरा बढेको छ । बाढीले नेपालका १३ गाविस र भारतको उत्तर प्रदेशमा समेत क्षति हुने भएकाले आत्तिएको कोहारले बताए । नेपाल सरकार र स्थानीय प्रशासनले कुनै चासो नदिएकोमा उनीहरुको आक्रोश रहेको छ । गण्डक नहरको बाँध क्षेत्रमा मर्मत सम्भार गर्ने जिम्मा भारत सरकारको भए पनि उसलाई नेपाल सरकारले दवाव नदिदा जोखिम बढ्दै गएको स्थानीय बासिन्दाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९