दुई लाख युरोको स्रोत खुलाउन नसकेपछि हुम्ली गए जेल

२८ असार २०७०, शुक्रबार ०६:४० मा प्रकाशित

काठमाडौं, २८ असार । गत कात्तिक १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाने क्रममा जाँदै गर्दा अध्यागमन विभागमा पक्राउ परेका थिए । उनको साथबाट चेकजाँच गर्दा श्रोत नखुलेको १ लाख ९५ हजार युरो साथमा बोक्ने दाबा पाख्रिन लामालाई विशेष अदालतले २ वर्ष कैद, दुई करोड १८ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । हैसियत नभएका व्यक्तिले त्यत्रो रकम कहाँबाट ल्याएको भनी सोध्दा जवाफ दिन नसकेपछि स्रोत नखुलेको सम्पत्ति बोकेको अभियोगमा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत उनलाई गिरफ्तार गरिएको थियो । लामा हुम्लानिवासी हुन् । विशेषका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे, सदस्य न्यायाधीशद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो । 
अनुसन्धानका क्रममा लामाले उक्त युरोसहितको ब्रिफकेश दिल्लीमा एक चिनियाँ नागरिकलाई दिन लगेको बताएका थिए । आफू जडिबुटीको व्यापारी भएको र ती चिनियाँ नागरिकसँग कारोबार गर्ने गरेको बताए पनि लामाले त्यसको प्रमाण अदालतमा पेस गर्न सकेका थिएनन् । ती चिनियाँ नागरिकको ठेगाना दिन र उनलाई अदालतमा हाजिर गराउन पनि नसकेकाले लामाको बयानसूग अदालत सहमत हुन नसकी यस्तो फैसला गरिएको बताइएको छ ।
आतंकवाद, मानव बेचबिखन, हतियार कारोबार, गुन्डागर्दीलगायतका अपराधबाट धन जोड्नेहरू बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सम्पत्ति शुद्धीकरण ऐन बनाएपछि रातारात सम्पत्ति कमाउनेहरू कारबाहीको दायरामा पर्न थालेका छन् । यसैको शिकार हुम्लाका लामा पनि भएका हुन् । लामाको समेत गरी यस प्रकारका १२ मुद्दाको फैसला भएको छ भने १२ वटा विचाराधीन छन् । दुई सयभन्दा बढी व्यक्तिविरुद्ध विभागले अनुसन्धान जारी राखेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर