चुनावबारे पूर्व प्रमुख निर्वाचनआयुक्तको डरलाग्दो दाबी

२७ असार २०७०, बिहीबार २२:०८ मा प्रकाशित

काठमाडौं, २७ असार । प्रमुख दलका नेता र सरकारले निर्धारित तिथि अर्थात् मंसिर ४ मा निर्वाचन हुनै पर्ने र भएरै छाड्ने उदघोष गरिरहेको परिवेशबीच पूर्वप्रमुख निर्वाचन आयुकक्त भोजराज पोखरेलले कुनै हालतमा पनि आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । राजधानीमा बिहिबार आयोजित एक साक्षात्कारमा पोखरेलले दल र सरकारकाको रवैयाकै कारण मंसिरमा चुनाव नहुने परिस्थिति सिर्जना भएको बताए ।
पोखरेलले सरकार र दलहरुको काम कारबाही हेर्दा सबैलाई निर्वाचन सार्ने बहाना चाहिएको जस्तो देखिएको उल्लेख गर्दै पुरानै पात्र, नियम र खेलाडीहरु विद्यमान रहेकोले खेलको नयाँ नियममा परिवर्तन नभएसम्म संविधानसभाको निर्वाचन र त्यसबाट संविधानसभाको निर्वाचन असम्भव रहेको दावी गरे । उनका अनुसार पहिला गोलमेच सम्मेलन हुनु जरुरी छ, त्यसपछि सहमतिको ब्यवस्थापन, त्यसलाई कार्यान्वयन गर्न नियम कानूनको निर्माण र पुनः दल दर्ताको काम ४५ दिन भित्र नसकिए मंसिरमा निर्वाचन हुन सक्दैन । जनगणना अनुसार ३४ लाख मतदाता मतदाता नामावलीमा छुटेको, क्षेत्र निर्धारण आयोगलाई दिइएको जिम्मेवारीमा नियम बाझिएको, दलहरुको संख्या साउन भित्र कुनै निश्चित हुनु पर्ने जस्ता समस्या विद्यमान रहेकोले पनि निर्वाचनको लागि धेरै चुनौतिहरु रहेको उल्लेख गर्दै निर्वाचनको लागि दल र सरकारले आफ्नो काम कारवाही परिवर्तन गर्नु पर्ने सुझाव दिए ।
देखावटी रुपमा दलहरुले मंसिरको नाम उच्चारण गरे पनि आन्तरिक रुपमा चैतमा निर्वाचन गर्ने सहमति भइसकेको दाबीसमेत पोखरेलले गरे । ‘सरकार, दल र निर्वाचन आयोगकोबीचमा मंसिर हल्लाको मिति र चुनाव चाँही चैतमा गराउन पहिला नै अघोषित सम्झौता भईसकेको छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा