भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल

२८ चैत्र २०६८, मंगलवार ०९:२९ मा प्रकाशित

काठमाडौ, २८ चैत । भारतमा जारी आईपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हँुदैछ । प्रतियोगिता अन्तर्गत आज दशौँ म्याचमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाईट राईर्डसबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र कोलकत्ता बीचको खेल नेपाली समयअनुसार आज अपरान्ह पौने ४ बजे बैँंगलोरमा सुरु हुने छ । बैंगलोर डेनियल भिटोरी र कोलकत्ता गौतम गम्भिरको कप्तानीमा मैदानमा उत्रने छ ।
त्यस्तै प्रतियोगिता अन्तर्गत आज एघारौ म्याचमा दिल्ली डेयर डेभिल्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । दिल्ली र चेन्नई बीचको खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे दिल्लीमा सुरु हुने छ । दिल्ली वीरेन्द्र सेहवाग र चेन्नाई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रने छ ।
यसअघि गएराती सम्पन्न डेक्कन चार्जस र मुम्बई इन्डियन्स बीचको खेलमा मुम्बई इन्डियन्सले ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम बलमा छक्का प्रहार गर्दै मुम्बईले लक्ष्य भेट्टाएको हो । डेक्कन चार्जर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको चुनौती पेश गरेको थियो । मुम्बईले अन्तिम बलसम्ममा ५ विकेटको क्षतिमा १सय ४२ रन बनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी