एमाओवादी र मधेसी दलको दबाबमा झुक्यो निर्वाचन आयोग

२७ असार २०७०, बिहीबार ११:२८ मा प्रकाशित

काठमाडौं, २७ असार । हेलिकप्टर चढेर चुनाव प्रचार गर्न पाउनै पर्ने, चुनावमा मनपरी रकम खर्च गर्न पाउनै पर्ने आसयका साथ एमाओवादी नेतृत्वले आपत्ति जनाएपछि निर्वाचन आयोगले चुनावका लागि प्रस्तावित आचारसंहिता केही खुकुलो तुल्याएको छ । सरकारका सबै निकाय, राजनीतिक दल र अन्य सरोकारवालालाई साउन ७ गतेदेखि लागू हुने गरी आयोगले बुधबार पारित गरेको आचारसंहितामा उम्मेदवारले आम्दानीको स्रोत खोल्नुपर्ने भनी राखिएको प्रावधानमा फेरवदल गरेको छ । यस मामलामा एकीकृत माओवादी र मधेसी दलहरूले बढी नै असन्तुष्टि जनाएका थिए । 
पछिल्लो प्रावधानअनुसार चुनाव प्रचारका लागि हेलिकप्टर र हवाईजहाज चार्टरमा प्रतिबन्ध लगाए पनि सडक सुविधा नपुगेका हिमाली र दुर्गम जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोटमा दलका नेताहरूलाई त्यस्तो महँगो साधन प्रयोग गर्ने छुट दिइएको छ ।
अन्य दलहरूले निर्वाचनलाई मीतव्ययी र तडकभडकरहित बनाउनुपर्नेमा जोड दिए पनि राजधानी नजिकैका कार्यक्रममा समेत हेलिकप्टर प्रयोग गर्दै आएका एमाओवादी नेता तथा मधेसी दलको ढिपीका सामु अन्ततः आयोग झुक्न बाध्य भयो ।
खर्च सीमा घटाउनुपर्ने साना दलहरूको सुझाव अनुसार आयोगले समानुपातिक क्षेत्रका उम्मेदवारका लागि ७५ हजारमा सीमित गरेको छ । यसअघि त्यो १ लाख प्रस्तावित थियो । प्रत्यक्षका उम्मेदवारले भने १० लाखसम्म खर्च गर्न पाउनेछन् । २०६४ को निर्वाचनमा प्रत्यक्षमा ४ लाख ५९ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ सीमा थियो । निर्वाचनको स्वतन्त्रतामा प्रतिकुल असर गर्ने गरी आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई विजयपछि पनि पदमूक्त गर्ने र भविष्यमा उम्मेदवार बन्न नपाउने गरी कारबाही गर्नेसम्मको यसमा व्यवस्था छ । आचारसंहिता उल्लंघन गरेका कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हून नसक्ने कूरामा आयोग विश्वस्त भए उसले उसको उम्मेदवारी रद्द गर्न सक्नेछ । आचारसंहिता उल्लंघन भएको देखिएमा आयोगले त्यस्तो कार्य रोक्न आदेश दिने, अटेर गर्नेलाई प्रहरी प्रशासनमार्फत कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा निर्वाचन अधिकृत वा मतदान अधिकृतले आवश्यक कारबाहीका लागि सोझै वा जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा लेखी पठाउने व्यवस्था छ । आचारसंहिता लागु गर्नूपर्ने निकाय, अधिकारी, संस्था वा व्यक्तिले आचारसंहिता पालना नगरेमा सोको जानकारी आयोगले सञ्चार माध्यममार्फत सर्वसाधारणलाई गराउनेछ ।आचारसंहिताले चूनाव प्रचारलाई कम खर्चिलो, तडकभडक रहित र महिलामैत्री बनाउने प्रावधान प्रस्तावित छन् । भित्ते लेखन, तूल ब्यानर र बहूरंगी पोस्टर प्रचारप्रसारमा रोक लगाउँदै आचारसंहिताले निर्वाचन प्रचार प्रसारको प्रयोजनका लागि एक रङमा छापिएको १८० वर्गइन्च सम्मको पर्चा प्रयोग गर्ने छूट दिइनेछ । यस्तो पर्चा ७५ ग्रामसम्मको कागजमा मात्र छाप्न सकिनेछ । चूनाव प्रचारमा प्लास्टिक सामग्री वर्जित हूनेछन् भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र चूनाव प्रचार गर्न पाइने व्यवस्था गरिएको छ । आगामी साउन ७ गतेदेखि यो आचारसंहिता लागू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर