संजिवनीका विद्यार्थीले कलेज प्रशासकको पुत्ला जलाए

२७ असार २०७०, बिहीबार ०९:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २७ असार । शुल्क अनुसारको सेवा नपाएको भन्दै बुटवलको संजिवनी कलेज अफ मडिकल साइन्सका बिद्यार्थीले कलेज प्रशासकको पुत्ला जलाएका छन् । कलेजमा अध्ययनरत सबै शंकायका विद्यार्थीहरुले बुधबार बिरोध जुलुससहित नाराबाजी गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर हेमराज बस्यालको पुत्ला र केही टेबलकुर्ची पनि जलाए ।
कलेजमा अध्ययनरत बिद्यार्थीहरुले यसअघि पटकपटक आफ्ना मागहरु सम्बोधनका लागि कलेज प्रशासनसमक्ष आग्रह गरेपनि प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिकी अध्यक्ष इनम गुरुङले बताउनुभयो । आन्दोलनरत बिद्यार्थीले कलेजले विद्यार्थीबाट उठाउने यातायात शुल्कअनुसार क्लिनिकल ड्युटीमा गाडिको ब्यबस्था गरिनुपर्ने, छात्रबृत्तिको रकममा अनियमितता भएकाले पारदर्शीता हुनुपर्ने, पुस्तकालय र कक्षा कोठामा आबश्यक भौतिक सेवा सुबिधा दिनुपर्ने, होस्टलमा बस्ने बिद्यार्थी र अन्य बिद्यार्थीको एउटै क्यान्टिन हुन नहुने, शैक्षिक शुल्क सिटिइभिटीको मान्यता अनुसारको हुनुपर्ने लगायतका माग राखेका छन् । आन्दोलनरत बिद्यार्थीहरुले प्रशासनसमक्ष असार १२ गते र असार २४ गते ज्ञापनपत्र बुझाएका थिए । माग सम्बोधन नभए कडा संघर्षमा उत्रिने आन्दोलनरत बिद्यार्थीले चेतावनी दिएका छन् ।
यसअघि बिद्यार्थी र प्रशासनबिच वार्ता भएपनि प्रशासनले बिद्यार्थीको माग पुरा गर्न नसकिने बताएपछि बिद्यार्थी आक्रोशित बनेका हुन् । बिद्यार्थीले गत मंगलबार कलेज प्रशासनमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा