माली जाती पनि अब अघि सर्ने

२७ असार २०७०, बिहीबार ०८:२६ मा प्रकाशित

एमएल दास, वीरगंज, २७ असार । माली जाती उत्थान मंच नेपालले नेपालका विभिन्न जिल्लामा रहेका माली जाती अन्य जातीभन्दा ज्यादै पछाडी रहेकोले यस जातीलाई पिछडावर्गको सुचीमा पनि ‘अति पिछडावर्ग’मा समावेश गर्दै अगामी चुनावमार्फत् संविधानसभामा यस जातीलाई पनि समावेशीको आधारमा प्रतिनिधित्व गराउनु पर्ने माग अघिसारेको छ । केन्द्रिय अध्यक्ष ज्वालाप्रसाद मालीको अध्यक्षतामा वीरगञ्जमा सम्पन्न माली जाती केन्द्रिय कार्य समितिको तेस्रो बैठकले सरकारले निर्धारण गरेको निजामति सेवाको माली पदमा माली जातीलाई नै नियुक्ति दिनु पर्ने, राज्यको बिभिन्न अंगमा माली जातीलाई पनि अल्पसंख्यकको आधारमा सेवा सुबिधा प्रदान गर्नु पर्ने, प्राबिधिक तथा अप्राबिधिक उच्च शिक्षा अध्ययनको लागी राज्यद्वारा आरक्षणको ब्यवस्था गर्नु पर्ने र अन्य पिछडाबर्गलाई राज्यले दिएको सेवा–सुबिधासरह उपलब्ध गराउनु पर्ने लगायतका मागलाई लिएर अधिराज्यभरका सम्पुर्ण जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रिपरिषद् अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । 
यसैगरी माली जातिको अधिकारीक तथ्यांक संकलन गर्ने, युवा र महिलाको संगठन बिस्तार गर्नको लागी केन्द्रिय संगठनको बिस्तार गर्ने, माली जाती उत्थान मंचलाई ब्यापक बिस्तार तथा कार्यक्रम तैयारीको लागी आर्थिक कमिटीको बिस्तार गर्ने, मंचको अगामी कार्यक्रमलाई सशक्त रुपमा योजना निर्माण गर्नको लागी केही दिनभित्र माली जातीका प्रभावशाली ब्यक्तित्वको बैठक बस्ने अध्यक्ष मालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड