बुद्धको मूर्ति राख्न नदिएपछि बुद्धमार्गीहरु पनि आन्दोलनमा

२७ असार २०७०, बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं, २७ असार । ‘बौद्धमार्गीहरु एक हौं, बुद्ध जन्मेको देशमा बुद्धको अपमान बन्द गर, धार्मिक विभेदको अन्त्य गर !’ हिजो बुधबार बिहान बालुवाटारस्थित मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निवासबाहिर यो नारा बेस्सरी गुञ्जियो । यसरी नारा उराल्नेहरु थिए भगवान् बुद्धका अनुयायीहरु, जो सुर्खेतको काँक्रे बिहारमा बुद्धको मुर्ती प्रतिस्थापन गर्न प्रयासरत छन् र सरकार भने उक्त स्थानमा बुद्धमूर्ति स्थापना गर्न नदिन लागिपरेको छ । कुन शक्तिको इशारा वा दबाबमा बुद्धमूर्ति स्थापना गर्न नदिएको हो ? भन्ने प्रश्न उठाउँदै उक्त मूर्ति स्थापना गरेरै छाड्ने अभियानको अगुवाई गरिरहेछ नेपाल आदिवासी जनजाति महासंघले । हिजोको बिरोध कार्यक्रम पनि संघकै पहलमा भएको थियो ।
बुद्ध जयन्तीको अवसर पारी स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स.वडा नं. ८ स्थित काँक्रेविहारमा बुद्धको प्रतिमा स्थापना गर्न खोज्दा प्रशासनले हस्तक्षेप गरि रोक लगाएको थियो । सोहि घटनाको विषयमा गत मंगलबारदेखि सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले ५ बुँदे माग राखेका छन् । बौद्धमार्गीहरूमाथी प्रहरी प्रशासनले गरेको ज्यादति विरुद्धमा सार्बजनिक रुपमा स्थानीय स्तरमा नै माफी माग्नुपर्ने, बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, चैत्य, मूर्ति आदि रहेको क्षेत्रमा बौद्धमार्गीहरूमाथि दुर्व्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी गरिनुपर्ने, काँक्रेबिहार ब्यबस्थापनका लागि सरकारबाट उचित बजेटको व्यवस्था गर्नुपर्ने र आस्थाको केन्द्रहरूमा बौद्ध मार्गीहरूले निर्वाध र शान्तिपूर्ण तवरबाट पाठ–पूजा गर्न पाउनुपर्ने र उनीहरूको शान्ति सुरक्षाको ग्यारेन्टी सरकारले गनुपर्ने लगायतका मागहरु उनीहरुले राखेका छन् ।
यसअघि बुद्धको मूर्ति १५ दिनभित्र काक्रे विहारमा स्थापना गरियोस भनी अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई महासंघले ज्ञापनपत्र बुझाए पनि मागको सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको महासंघका अध्यक्ष नगेन्द्रकुमार कमालले बताए ।
महासंघको नेतृत्वमा बौद्धमार्गीहरुको नेपाल वौद्ध महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अखिल भिक्षु महासंघ, नेपाल परम्परागत वौद्ध धर्म संघ र धर्मोदय सभा सरोकार समूहलगायतका संस्थाहरुको सहभागिता रहेको छ भने सुनुवाई नभएसम्म विरोधका कार्यक्रम जारी रहने पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार