प्रचण्डलाई गलाएरै छाड्ने बाबुरामको अभीष्ट !

२७ असार २०७०, बिहीबार ०७:४५ मा प्रकाशित

काठमाडौं, २७ असार । डा. बाबुराम भट्टराईले पार्टी उपाध्यक्ष पद परित्याग गरेको विषय एमाओवादी अध्यक्ष प्रचण्डका लागि झन्झ-न् टाउकोदुखाइको विषय बनेको बुझिएको छ । सुरुमा त बाबुरामको पदत्याग गर्ने निर्णयलाई हल्का रुपमा लिएका प्रचण्डले उनलाई निर्ण फिर्ताका लागि आग्रह सम्म पनि गरेनन्, तर विषयले गम्भीर रुप लिने कुरा केही पछि मात्र महसुस गरेका उनले त्यसपछि अनुनय विनयकै शैलीमा बाबुरामलाई निर्णय फिर्ताका लागि जम्ला हात गरे । अध्यक्षको यस्तो व्यवहारबाट बाबुराम झन् हौसिन पुगे, किनकि प्रचण्डलाई गलाउनु र गिराउनु पनि उनको एक उद्देश्य थियो । बाबुराम झन् झन् आफ्नो निर्णयप्रति दृढ देखिन थाले । यति मात्र होइन, अध्यक्षज्यूले पनि अब विस्तारै जिम्मेवारी नयाँ पुस्तामा सार्नुहुनेछ भन्ने अभिव्यक्ति दिँदै बाबुरामले परोक्ष रुपमा प्रचण्डमाथि दबाब सिर्जना गराउन सुरु गरेपछि त मुलुकमा निरंकुश अधिनायकी लादेर त्यसको एकछत्र प्राधिकार हत्याउने मकसद पालेका प्रचण्डलाई असैह्य छटपटी हुन पुग्यो । 
आफ्नो पद त्यागेजस्तो गरेर बाबुरामले प्रचण्डको कुर्सी पो हल्लाउन लागेका रहेछन् भन्ने प्रचण्डका निकटवर्तीहरुले पनि केही ढिलो मात्र बुझे । यतिबेला भने अध्यक्ष पद जोगाउन प्रचण्डलाई हम्मे हम्मे पर्न लागेको छ । त्यसैले उनले पार्टीको पदाधिकारी विवाद मिलाउने बहानामा अध्यक्षबाहेक सबै पद खाली राखेर हालका पदाधिकारीहरुलाई केन्द्रिय सदस्यमा मात्र सीमित राख्ने विकल्प अघिसारेका छन् ।
लथालिंग बनेको संगठनलाई चुस्त बनाउने भन्दै बुधबार पार्टी मुख्यालयमा बसेको पूर्व पदाधिकारी, पूर्व केन्द्रीय समिति, राज्य समिति ईञ्चार्जहरुको बैठकमा प्रचण्डद्वारा अघिसारिएका अन्य विकल्पमा हेटौंडा महाधिवेशनमा निर्वाचित नेतृत्वलाई जस्ताको तस्तै राख्ने, असार दोस्रो साता प्रस्तावित पदाधिकारी तथा केन्द्रीय नेतृत्वलाई परिमार्जनसहित पारित गर्ने र सांगठनिक महाधिवेशन बोलाउने पनि रहेका छन् । यतिले पुग्दैन भने थप विकल्पबारे बाबुराम भट्टराईसँग बसेर निष्कर्षमा पुग्ने निर्णय समेत प्रचण्डले बैठकमा सुनाएका थिए । बाबुरामको राजीनामा प्रकरणले प्रचण्डको टाउको कति दुखाउन पुगेको रहेछ भन्ने त उल्लेखित विकल्प सोच्नका लागि उनले धुलिखेल पुगी रिसोर्टको एकान्तता खोज्न परेबाटै पनि स्पष्ट हुन्छ । तर, प्रचण्डको यस्ता प्रस्ताव र प्रयासले बाबुरामको मनस्थिति परिवर्तन हुने लक्षण भने यतिबेलासम्म देखिएको छैन । मौका पटक पटक सजिलै आउँदैन भन्ने बुझेका बाबुरामले सक्दो गलाउने नीति अख्तियार गरेको एमाओवादीनिकट स्रोतले जनायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान