चीनको ‘नेपाल–चाहना’ वैद्य माओवादीका भावी क्रियाकलापले प्रस्ट्याउने

२६ असार २०७०, बुधबार २३:१३ मा प्रकाशित

काठमाडौं, २७ असार । नेकपा–माओवादीले अध्यक्ष मोहन वैद्यलगायतका शीर्ष पाँच नेता सम्मिलित वार्ता कमिटी त गठन गर्‍यो, तर यसअघि केन्द्रिय समितिको पोखरा बैठकबाट निर्वाचन बहिष्कार गर्ने निर्णय गराएको जगजाहेर छ । यसलगत्तै मोहन वैद्य किरण र उपाध्यक्ष सीपी गजुरेल चीनको विशेष भ्रमणमा निस्केको विषय भने झन्–झन् रहश्यमयी बन्न पुगेको छ । केन्द्रीय समितिको बैठकमा चुनाव बहिष्कारको निर्णय गराएर काठमाडौं फर्किएपछि गत सोमबार यसरी आफ्नै नेतृत्वमा उच्चस्तरीय वार्ताटोली घोषणा गरेका वैद्य सोही राति चीन प्रस्थान गरेपछि राजनीतिक वृत्तमा बेग्लै हलचल भएको हो । 
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमण गर्ने कार्यक्रम तीन साताअघि नै तय भइसकेको भए पनि त्यसलाई गोप्य राखिनुमा चिनियाँ चाहनाले काम गरेको बुझिन्छ । प्रचण्ड–बाबुरामलाई ‘गद्दार’ ठहर गरेको नेकपा–माओवादीले चुनावी मैदानमै उनीहरूलाई ‘ठेगान लगाउने’ अठोट गरे पनि घोषित निर्वाचनको सशक्त बहिष्कार गर्ने र आवश्यक परे भूमिगत भई युद्धमा जाने तयारीमा रहेको माओवादीले अचानक वार्ताटोली घोषणा गरेपछि दलहरूबीच अब साँच्चै सहमति बन्न लागेको हो कि भन्ने आशा पनि जगाएको छ । यसैबीच चारपक्षीय संयन्त्रले गोलमेच सम्मेलनको आयोजना गर्न सकिने निर्णय लिएकोले पनि जनतामा सकारात्मक सन्देश प्रवाहित भएको पनि हो । तर, गोलमेच सम्मेलनको पक्षमा भएको बताए पनि माओवादीका अन्य प्रमुख मागहरूप्रति चारदलीय संयन्त्र सकारात्मक हुन सकेको छैन । चीन भ्रमणबाट मोहन वैद्य किरण फर्किएपछि मात्र उक्त पार्टीले चुनावबारे स्पष्ट नीति लिने विश्वास गरिएको छ ।
किनकि, प्रचण्ड नेतृत्वको एमाओवादीलाई भन्दा वैद्य नेतृत्वको माओवादीलाई चीनले ‘आफ्नो’ ठानेको तथ्य विभिन्न माध्यम र घटनाहरूका माध्यमबाट एकपछि अर्को गर्दै खुलिरहेका छन् । यस हिसाबबाट यो अनुमान लगाउनु असान्दर्भिक ठहरिन सक्दै कि नेकपा–माओवादीले आगामी चुनावमा सहभागिता जनाउँछ या सक्रिय बहिष्कारको नीतिमै अडिग रहन्छ भन्ने कुरा वैद्यहरू चीनबाट फर्केपछि मात्र स्पष्ट हुनेछ । वास्तवै वैद्यको यसपटकको चीन भ्रमणले नेपाली राजनीतिप्रति चिनियाँ दृष्टिकोण प्रस्टसाग प्रतिबिम्बित गर्ने विश्वास गरिएको छ । चीनले विभाजित माओवादीबीच एकता हुनुपर्ने सन्देश विभिन्न माध्यमहरूबाट सार्वजनिक गरिरहेको सन्दर्भमा मोहन वैद्यको चीन भ्रमणले चीनको वास्तविक दृष्टिकोण के हो भन्ने बुझ्न सहयोग गर्ने निश्चित मानिएको छ । भ्रमणपछि मोहन वैद्यले प्रस्तुत गर्ने नीति र व्यवहारले नेपालको भावी राजनीतिक दिशाबारे चिनियाँ दृष्टिकोण स्पष्ट गर्नेछ । स्मरण रहोस्, नेपाललाई संघीयतामा जान नदिन चीनले विशेष प्रयत्न गरिरहेको छ र वैद्य नेतृत्वले पनि जातीय र संघीय राज्यको प्रस्ट वकालत गर्ने गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि