मध्यभोटेकोसी जलविद्युत् आयोजनामा फेरि स्थानीयहरुबीच कुटाकुट

२८ चैत्र २०६८, मंगलवार ०९:१८ मा प्रकाशित

सिन्धुपाल्चोक, २८ चैत । सिन्धुपाल्चोक जिल्लामा बन्न लागेको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुबीच फेरि झडप भएको छ । “आयोजना निर्माण गर्नुपर्छ” भन्ने स्थानीयबासिन्दा र आयोजनाको विपक्षमा रहेका स्थानीयबीच झडप हुँदा झन्डै १२ जना घाइते भएका छन् । आयोजनाको मुख्य प्रभावित गाति गाविस वडा नम्बर– ९ का स्थानीयबीच छलफल भइरहँदा दुवै पक्षबीच कुटाकुट भएको मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक प्रकाशमान श्रेष्ठले जानकारी दिनुभयो । विगतका सहमति र आगामी दिनमा आयोजनाले गर्नुपर्ने कामका बारेमा छलफल भइरहेको बेला झडप भएको बुझिएको छ । चिलिमे जलविद्युत् आयोजनाको अग्रसरतामा बन्न लागेको १ सय २ मेघावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले स्थानीयलाई उपेक्षा गर्दै अघि बढेको भन्दै केही समूह सुरुदेखि नै आयोजनाको विपक्षमा उभिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार