चार दलले गराएको चुनाव मान्य नहुने सुजाताको धारणा

२६ असार २०७०, बुधबार १५:२९ मा प्रकाशित

काठमाडौं, २६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले चार दलले मात्रै गरेको चुनावको मान्यता नहुने बताएकी छिन् । आफूले वैद्य माओवादीको पक्षमा कुरा गरेको नभई मुलुकको समस्याप्रति हृदयदेखि नै चिन्तित भएर यो कुरा गरेको प्रस्ट्याउँदै उनले सबै दल सहभागी नभएको चुनावले समस्या हल गर्नुको साटो झन् बल्झाउने दाबी गरिन् ।
गिरिजाप्रसाद कोइरालाको ९० औं जन्मजयन्तीको अवसरमा जीपी कोइराला फाउन्डेसनले राजधानीमा आयोजना गरको नरम शक्ति र सार्वजनिक कूटनीति विषयक अन्तरक्रिया कार्यम्रममा बेल्दै सुजाताले राष्ट्र कमजोर भएको अवस्थामा सबै दलको सहमति र सहकार्यमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीत चुनाव गरेर राजनीतिक सङ्कटको निकास खोज्नुपर्ने सुझाव पेस गरिन् ।
भारतको चाहना पनि नेपालमा निर्वाचन होस् र चुनावकै माध्यमबाट नेपालको समस्याको निकास होस् भन्ने रहेको आफूले बुझेको सुजाताले बताइन् । वर्तमान सरकारका कतिपय क्रियाकलाप चित्तबुझ्दो नभए पनि रेग्मी सरकारको विकल्प खोज्न नहुने कोइरालाको धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४