पुरातात्विक सम्पदा कब्जा गरी व्यापारिक मल बनाउने प्रपञ्च

२६ असार २०७०, बुधबार ०९:५० मा प्रकाशित

काठमाडौं, २६ असार । चार दशकदेखि नेपाल आँखा अस्पतालले भोगचलन गर्दै आएको त्रिपुरेश्वरस्थित अस्पताल परिसरको एक भवनमा गुठी संस्थानसम्बद्ध कर्मचारीले गुरिल्ला शैलीमा आक्रमण गरेपछि अस्पतालको नियमित काममा गम्भीर असर परेको छ । श्री ३ महाराज चन्द्रशमशेरद्वारा निर्मित ‘मुसाफिरखाना’ भवनमा गत बिहीबार केही हुल्लडवाजहरूलाई समेत लिएर प्रवेश गरेको गुठी कर्मचारीहरूले त्यहाँ भएका टेबुल, कुर्ची, साइनबोर्डलगायतका सामान तोडफोड गरी अस्पताल कर्मचारीहरूलाई आतङ्कित तुल्याएका थिए । करिब अढाई रोपनी जमिनमा फैलिएको उक्त भवनमा निजी क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि उपलब्ध गराउने योजना मुताबिक भवन खाली गराउन गुठीका कर्मचारीहरू गुरिल्ला शैलीमा खटिएका हुन् । दुई वर्षपछि सो भवनको आयु सय वर्ष पूरा हुने र सय वर्षपछि भवन पुरातात्विक महत्त्वको बन्ने, त्यसपछि भवनको स्वामित्व स्वत: पुरातत्त्व विभागमा जाने भएकोले गुठी संस्थानका अध्यक्ष पञ्चलाल महर्जन तत्काल भवन कब्जा गरी त्यहाँ व्यापारिक मल बनाउन निजी क्षेत्रलाई स्वामित्व दिन हतारिएका हुन् । दुई वर्षपछि सो मुसाफिरखाना भत्काउन नपाइने भएकोले अहिले नै निजी क्षेत्रलाई जग्गाको भोगाधिकार दिई अनुचित लाभ उठाउने मनसाय गुठीका अध्यक्ष पञ्चलालको रहेको बताइन्छ । यस कार्यमा एमाओवादी कोषाध्यक्ष हिसिला यमीको समेत संलग्नता रहेको बुझिएको छ । स्मरणीय छ, पञ्चलाल महर्जनलाई गुठीको अध्यक्षमा नियुक्त गराउने काम पनि हिसिलाबाट नै भएको थियो । अस्पतालजस्तो जनसरोकारको प्रत्यक्ष निकायले सामाजिक कार्यका लागि उपयोग गरिरहेको भवनलाई जग्गासहित बिक्री गरी कमिसन असुल्ने प्रयत्न गरिँदा पनि सम्बन्धित सरकारी निकाय मौन रहनुलाई दु:खद् मानिएको छ । त्यसरी पञ्चलाल र हिसिला यमीले ऐतिहासिक महत्त्वको भवनलाई दुरुपयोग गर्न खोजेको र अस्पतालको नियमित काममा बाधा पर्ने गरी गुठीका कर्मचारीले अस्पताल परिसरमा होहल्ला गर्न थालेकोले गत सोमबार अस्पताल सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू भूमिसुधारमन्त्री ऋद्धिबाबा प्रधानसमक्ष डेलिगेसन गएका थिए । सो अवसरमा मन्त्री प्रधानले ऐतिहासिक उक्त भवन नभत्काइने र बिक्री गर्न पनि नदिने वचनबद्धता प्रकट गर्नुभएको छ । मन्त्री प्रधानको आश्वासनपछि अस्पतालका सञ्चालक तथा कर्मचारीहरू अस्पतालको नियमित कामलाई सुचारु गर्न कटिबद्ध भएका छन् । तथापि गुठी संस्थानमा हाजिर गरेबापत तलब सुविधा लिँदै आएका कर्मचारीले अस्पतालमा अमर्यादित व्यवहार प्रदर्शन गर्न भने छोडेका छैनन् । मन्त्री प्रधानले गुठीका अध्यक्ष पञ्चलाल महर्जनलाई मन्त्रालयमै बोलाएर अस्पतालको काममा बाधा नपुर्‍याउन कडा निर्देशन दिए पनि सम्भावित आम्दानीको प्रलोभनमा परेका महर्जनले आफ्ना कर्मचारीहरूलाई रोक्न खोजेका छैनन् । गुठीका कर्मचारीले आँखा अस्पतालमा प्रदर्शन गरेको व्यवहारलाई अराजकताको पराकाष्ठाको रूपमा लिइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर