युरोपेली मुलुकबाट जातीय मुद्दा उठाउन दबाब परेपछि सम्पादकले दिए राजीनामा

२६ असार २०७०, बुधबार ०९:४५ मा प्रकाशित

काठमाडौं, २६ असार । पश्चिमा मुलुकहरू नेपालमा जातीय सद्भाव बिथोल्न भित्रभित्रै तर आक्रामक ढङ्गले क्रियाशील रहेको तथ्य पुन: खुलासा भएको छ । युरोपका केही मुलुकले नेपालमा जातीय सद्भाव बिथोल्न ठूलो लगानी गरिरहेको चर्चा चलिरहेका बेला बीबीसी साझा सवालको सम्पादक पदबाट वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले राजीनामा दिनुपर्ने परिस्थिति आएपछि युरोपेली नियतको पुन: खुलासा हुन पुगेको हो । सन् २०१२ को मे महिनादेखि बीबीसी साझा सवालको सम्पादक रहँदै आउनुभएका अधिकारीले रेडियोद्वारा प्रसारित ‘कथा मीठो सारङ्गीको’ र ‘भलाकुसारी’ कार्यक्रमको समेत सम्पादन गर्दै आउनुभएको थियो । रेडियो कार्यक्रम बजेट अभाव भएको बताउँदै जुलाई ३१ देखि बन्द गरिने भएको छ । 
समाचार तथा समसामयिक विषयमा आधारित टीभी कार्यक्रम साझा सवाललाई ‘सामाजिक रूपान्तरणमा आधारित’बनाउन बीबीसी मुख्यालयले विगत डेड महिनादेखि पत्रचार गर्ने गरेको बुझिएको छ । यसबीचमा बीबीसी मुख्यालयका जिम्मेवार अधिकारीहरूसमेत नेपाल आएर कार्यक्रमको स्वरूप बदल्न दबाब दिएको जानकारीमा आएको छ । समाचार तथा समसामयिक विषयमा आधारित साझा सवाललाई चुनावको मिति घोषणासँगै ‘सामाजिक रूपान्तरणमा आधारित’ बनाउन बीबीसी मुख्यालयले दबाब दिन थालेको हो । सामाजिक रूपान्तरण नाममा ब्रिटेनलगायत केही युरोपेली मुलुक नेपालमा निश्चित जातीय समुदायलाई मात्र महत्त्व दिने गरी कार्यक्रम निर्माण गर्न चाहन्छन् । युरोपेलीहरूले सामाजिक रूपान्तरणकै नाममा अशोक राई नेतृत्वको जातीय समूहलाई समेत ठूलो धनराशि उपलबध गराउँदै आएको छ । नेपालमा लोकप्रिय बन्दै गरेको साझा सवाललाई समेत सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित गर्न दबाब आएपछि सम्पादक धु्रवहरि अधिकारीले गत साता पदबाट राजीनामा दिनुभएको हो । चुनावको निकटतासँगै जातीय मुद्दा उठाउन दबाब दिनुले बीबीसी र ब्रिटेन तथा युरोपेली केही मुलुकको नियत छर्लङ्ग हुन पुगेको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।