एनआरएन बेल्जियमको निर्वाचनमा चरम धाँधली भएको खुलासा

२६ असार २०७०, बुधबार ०९:३९ मा प्रकाशित

केजिन राई, लुभेन बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियमको चौथो अधिवेसन अन्तरगत गत ७ जुलाईमा धाँधली र अनियमिता भएको खुलासा भएको छ । निर्वाचनमा लोकतान्त्रिक समावेसी समुह र समावेसी समुह नामबाट २ पक्ष निर्वाचनमा होमिएका थिए ।
तर निर्वाचन प्रकृयामा तत्कालिन निर्वाचन समितिका संयोजक बोधराज पौडेल र निर्वाचन समितिबाट निष्पक्ष निर्वाचन नगरी र उनीहरुले आस्था राख्ने गरेको नेकपा एमाले र उसंग गठबन्धन गरेका समुहलाई विजयी बनाउनको लागि फर्जि मत खसालेको प्रमाणित भए पछि समावेसी समुहहरु निर्वाचन मतगणना स्थलबाट बाहिरिएका हुन । चार क्षेत्रमा करिव १०० फर्जि मत खसालिएको अनुमान गरिए पनि लुभेन क्षेत्रमा ३४ मत फर्जि भएको प्रमाणित भएको छ ।
यसरि भएको थियो धाँधली
चार क्षेत्रमा संपन्न निर्वाचन अन्तरगत लुभेन क्षेत्रको निर्वाचन बुथमा १८ः०० बजे संपन्न भएको थियो । मतदान समापन पश्चात विश्वव्यापी मान्यता अनुरुप निर्वाचन समिति, दुवै पक्षका उम्मेद्वारका प्रतिनिधीहरु बसेर हिसाब गर्दा कुल ३३६ मत खसेको थियो । ३३६ मत खसेको, र उक्त क्षेत्रमा ५०० मतपत्रहरु ल्याइएकोमा बाँकि मतपत्रहरु गन्ने काम भयो । मतपत्र गन्दा १६४ मतपत्रहरु बाँकि रहेका थिए । ३३६ खसेको मत, बाँकि मत १६४ जोडेर निर्वाचन प्रमुख, त्यस क्षेत्रका निर्वाचन अधिकृत खडक केसी , दुवै पक्षका प्रतिनिधीको रोहवरमा लिखित मुचुल्का तयार गरेर मतपेटिका र बाँकि मत पत्रलाई शिलबन्दी गरिएको थियो ।
चार क्षेत्रका मतपेटिकाहरु जम्मा भए पश्चात आमसहमतिमा मतगणनाका प्रकृयाहरु र स्पस्ट आचारसंहिताहरु बनाई मतगणना सुरु गरिएको थियो । चार क्षेत्रका मतपेटिकाहरुलाई चार ठाउँमा गणना गरिएको थियो । जव लुभेन क्षेत्रको मतगणना सुरु गरियो । मतपेटिकामा जम्मा ३३६ मतपत्र हुनु पर्नेमा उक्त संख्या ३७० पुग्यो । जसबाट ३४ मत फर्जि खसेको प्रमाणित भएको छ । पिजी शेर्पा र गंगाधर गौतमको समावेसी समुहले यसलाई पुष्टि गर्न अनुरोध गर्दा निर्वाचन समितिले पटकै पिच्छे कुराहरु फेरे । उनीहरुले यो प्रमाणित गर्न नसके पछि अध्यक्षका उम्मेद्वार गंगाधर गौतमले सवैका माँझमा यो निर्वाचनमा अनियमितता भएको घोषणा गरि निर्वाचन परिणाम नमान्ने बताउँदै पुःन निर्वाचनको माग गर्दै बाहिरिएका थिए ।
लुभेन क्षेत्रका निर्वाचन अधिकृत केसीले आँफलाई कुल ५०० मतपत्र दिइएको, ३३६ मत खसेको र १३४ मतपत्र बाँकि रहेको स्पस्ट पारेका छन् । यो नै मेरो निर्वाचन क्षेत्रमा भएको आधिकारिक तथ्याँक हो, अरु कुरा म मान्दिन, उनले बताए । श्रोतका अनुसार केसीको इमान्दारिता माथि निर्वाचन समितिका संयोजकले फाइदा उठाएर ६ तारिख साँझ नै संयोजक बोधराज पौडेलले उनका निकटहरुलाई सक्कली मतपत्र बाँडेको बुझिएको छ । स्मरण रहोस निर्वाचन समिति संयोजक बोधराज पौडेल लगायत अन्य ३ निर्वाचन समितिका अधिकृतहरु नेकपा एमालेका सक्रिय कार्यकर्ताहरु हुन् । निबर्तमान अध्यक्ष जानकी गुरुगंले पनि संस्थागत रुपमा अनियमिता गरेको खुल्न आएको छ । उनले रित नपुगेका आवेदनहरुलाई जवरजस्ती स्वकिृत गरि मत हाल्न लगाएकी थिइन । साथै मतदाता सुचिमा नै नरहेकाहरुलाई जवरजस्ती निर्वाचन अधिकृतलाई दवाव दिएर भोट खसाल्न सफल भएकी थिइन । आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले पनि गम्भिर तुटीलाइृ तार्किक रुपमा नसल्टाई ढाकछोप गरेका थिए । उनी २ पटक सम्म नेकपा एमालेको समर्थनमा बेल्जियमबाट आइसीसी सदस्य भएका हुन् ।
श्रोतका अनुसार, निर्वाचन समितिमा धाँधली मात्र नगरेर भौतिक आक्रमणको लागि पनि जत्था तम्तयार गरिएको बुझिएको छ । लोकतान्त्रिक समावेसी समुहको तर्फबाट प्रेम गुरुङ र गजेन्द्र गुरुङ २ जना मात्र देखावटी आदिबासी जनजाती उम्मेदवार बनाएको समुहको विपक्षीमा परिणाम आएमा मतपेटिका फाल्ने पुर्ण तयारी रहेको बुझिएको छ । फर्जि ३४ मतको बारेमा निर्वाचन समितिले पुष्टि गर्न नसेकेर मतगणना स्थगित हुँदा समोवेसी समुहका गंगाधर गौतम र पिजी शेर्पा माथि भौतिक आक्रमण हुने देखिए पछि उनीहरु बाहिरिएका हुन, एक प्रत्यक्ष दर्शिले बताए ।
बेल्जियममा रहेका ठुला नेपाली संघसंस्था तथा समुदायले उक्त धाँधलीको सवत्र निन्दा गरेका छन् । उनीहरुले एनआरएनलाई कुनै पनि कार्यक्रममा स्वागत नगर्ने र आँफुहरु पनि सहभागी नजनाउने घोषणा गरिसकेका छन् । एनआरएन आइसीसीमा पुःन निर्वाचनको लागि उजुरी दर्ता भै सकेको कुरा अध्यक्ष प्रत्यासी गौतम र आई सीसी सदस्य शेर्पाले बताए ।
पर्सनल डायरीबाट… आँखाले जे देख्यो र जे भयो लेख्नु पर्दा ……
गौडब्लोम्स पथ २८ मा भई रहेको मत गणना कार्यक्रममा पत्रकारको हिसाबले र २ मिनेट टाढा आफ्नो बासस्थान भएको कारण आवत जावत सहज भयो । मतगणना दौरानमा मेरो आँखाले जे देख्यो र जे भयो लेख्नु पर्दा …… ।
प्रबेशद्वारबाट छिर्ना साथ पछील्लो पुस्ताका होनहार पत्रकार महेन्द्र पौडेलले मेरो हात समातेर एकान्त तिर लग्दै भन्नुभयो ¨दाई आज ५-६ बजे सबैरै तिर कुटा- कुट हुन्छ ,, ब्यालेट बक्स फ्याक्ने काम हुन्छ तस्तै बुझे दाई म त अहिले नै अन्टोपेन तिर लाग्न लागे, पछी कुरा गरौला बाई, दाई ! वहाँको एकै वाक्यको लामो कुरा नसकिदै मैले प्रश्न गरी हाले ,,, तेत्रो टाढा कसरी एक्लै जाने त ? – बेल्जियममा अबैध मानब तस्करीमा सलग्न भएको र फ्रेन्च प्रहरीले फ्रान्स -नेपाल पठाएको एमाले बेल्जियमका पूर्व अध्यक्ष कृष्ण खतिवडा तर्फ ईङित गर्दै वहाँ सँग जान्छु भने पछी हस त फेरी भेटौँला ! भन्दै बिदा गरियो । यसकुराबाट एउटा खेमाको तर्फबाट रक्तपात गर्ने पुरै तयारी रहेको अनुमान भयो ।

दोश्रो पटक घरबाट पुन : मतगणना स्थलमा पुग्दा मर्सिडिज बेन्ज कारमा कालो जातको केही भुस्तिघ्रेहरू बसिरहेको देख्न पाईयो । कोही नभएको मौका परी उनिहरूलाई सोधी खोजी गर्दा केन्याली कालो बर्णको मनिस र निर्वाचन समितीको सयोजक बोध राजा पौडेलले केही रकम दिएर सुरक्षाको लागि बोलाएको बुझियो । मैले के अनुमान गरी हाले भने केही समय अघी एमाले नेता भिम रावल आउँदा समेत बेल्जियम प्रहरीले केही गर्न नसकेको अवस्थामा समाबेसी पिजी – गंगाधर समूहमा रहेका ६०-७० प्रतिशत आदिबासी जनजाती र दलित उम्मेद्वार भएको समूहलाई तह लगाउन त्यो तयारी थियो । र भन्नु पर्दा अब नेपालीको कार्यक्रम सम्पन्न गर्न नेपाली सक्षम छैन कालेहरूको सुरक्षा दस्ता बोलाउनै पर्ने ? कती दर्दनाक र हाम्रो शीर निहुराउने कुरो ? अब त्यो कालो समूहलाई दिएको पारीश्रमिक यो पटक मात्र सदस्याता बापत उठेको अन्दाजी १६-१७ हजार युरो बाटै कटाउने हुन की ? हेर्न बाकी छ ।
केही मनिस आउने जाने क्रम थियो नचिनेको कलिलो उमेरको ५-६ जना को समूहमा थिए एउटा नाइके जस्तो भान हुनेले अचाक्ली हात मिलाई रह्यो ,मेरो हात छाडन चाहेन र दागा धरेको हिसाबले हेरी रह्यो । बिहान सम्म उस्लाई नियाल्दा अध्यक्ष निर्बाचित प्रेम गुरुङ , र युनिटी ठग प्रकरण बेल्जियमका नाईके अा ईसीसी सदस्य शिव बरुवाल लगायत सँग काने खुसी गरेको देखियो बारबार । छातीमा खकने झोला बोकेका उनिहरुले हतियार बोकेको छन भन्ने सुनिन थालयो । यताउता उग्र रवाफ थियो ।
मत गणना भई रहेको माथिल्लो ठाउँमा ति युबाहरु , एमालेका अन्य कार्यकता निर्बाध जान्थे तर पत्रकारलाई जान निषेध थियो ।
पिजी शेर्पा र गंगाधर गौतम पक्ष बाहिरिनु नै ठुलो दुरघटनाबाट एनआरएन जोगिनु हो भन्ने मलाई लाग्यो । ३५ मत धेरै भएको बिबाद चर्किएको र हलभित्र बसेरहेकै हो भने ठुलो झडप अबश्यम्भाबी थियो । सबै आबेशमा आएर जथाभबी बोल्न थाली सकेका थिए । असहमती जाहेर गरेर समाबेसी पक्ष बाहिरिनु साह्रै बुद्धिमतापूर्ण देखियो। बिहानी पख बरुवाल पक्ष अधिकासलाई बोलाईयो ।
मनोनित आईसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ , केन्द्रीय प्रतिनिधि पुष्प थापालाई सुतेको ठाउमा लिन गाडी पठाईयो । अन्तत : बिपक्षी बिहीन मत गणना स्वेच्छाचारी तवरले गरियो । अनी आँफै जितको परिणाम घोषणा गरियो। पहिलो चरणको मत सन्ख्यामा बरुवाल समुह अगाडी रहेको सत्य हो । जित शायद बरुवाल पक्ष कै हुने थियो तर एमाले समूहको कब्जामा रहेको निर्वाचन समितीले दुर दर्शिता नअपनाई एकलौटी परिणाम घोषणा गर्नु नेपाली समाज बेल्जियमालाई बिबादको भूमरीमा फसाउने काम गरेको चर्चा हुन थालेको छ।
पराजित तर एमाओबादी , नेपाली काङ्रेस बेल्जियम सस्थापन पक्ष ,संघीय समाजवादी पार्टीको भात्रु संगठन र आदिबासी जनजाती महासंघ बेल्जियमले निर्वाचन परिणाम अस्विकार गर्दै आज बक्तब्य जारी गरेको छ । एनआरएनको शाख जोगाउन र बिबाद्को भूमरीमा पर्नु अघी सबैले सोच्नै पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत