काभ्रेका किसानहरुलाई ३३ प्रतिशत अनुदानमा १२ हजार किलोग्राम मकैको बीउ

२८ चैत्र २०६८, मंगलवार ०९:१७ मा प्रकाशित

काभ्रे, २८ चैत । जिल्ला कृषि विकास कार्यालय काभ्रेले जिल्लाका किसानहरुलाई ३३ प्रतिशन अनुदानमा मकैको बीउ वितरण सुरु गरेको छ । समयमै पानी परेकाले किसानहरुले गएको वर्षको भन्दा छिटो खेती लगाउन थालेपछि कार्यालयले बीउ वितरण कार्यलाई अघि बढाएको हो । काभ्रेका किसानहरु पानी परे लगत्तै मकै छर्न व्यस्त हुन थालेका छन् । कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत मधुसुदन पौडेलका अनुसार यो वर्ष जिल्लामा उन्नत र हाइब्रिट गरी दुई प्रकारका १२ हजार किलो ग्राम मकैको बिउ वितरण गरिने छ । कार्यालयले कृषक समूह, कृषि सहकारी र विभिन्न बहुउद्देश्यीय कृषि सहकारीहरूमा आबद्ध किसानहरुलाई बीउ वितरण गर्दै आएको छ । किसानहरूलाई उन्नततर्फ राम र देउकी जातको मकै बीउ वितरण गरिएको छ । त्यस्तै हाइबिट तर्फ श्रीराम बायोसिट–९६८१, गोदावरी–९८९ र राजकुमार बिकेसी–७०७४ जातका बीउ वितरण गरिएको कृषि प्रसार शाखाका प्राविधिक पुजन जंगमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर