राष्ट्र बैंकमा अख्तियार पसेपछि…

२६ असार २०७०, बुधबार ०९:२९ मा प्रकाशित

काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकका केही उच्चाधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा परेपछि राष्ट्र बैंकमा तरङ्ग पैदा भएको छ । अख्तियारले महाप्रसाद अधिकारी, भाष्कर ज्ञवाली, नियमनका निर्देशकद्वय वासुदेव अधिकारी र पूर्णबहादुर खत्री तथा कार्यकारी निर्देशकहरू आश्विनीकुमार ठाकुर, विष्णु नेपाल र लोकबहादुर खड्कामाथि अनुसन्धान गर्न सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गरेपछि राष्ट्र बैंकमा तरङ्ग पैदा भएको हो । लामो समयदेखि नियमन विभागमा बसिरहेका वासुदेव अधिकारी र पूर्ण खत्री राष्ट्र बैंकभित्र रामै्रै कर्मचारीका रूपमा चिनिन्छन्, तर पछिल्लो समयमा वासुदेवले देखाउने गरेको ‘हाइह्यान्डनेस’लाई भने त्यहाँ अस्वाभाविक रूपमा लिने गरिएको छ । डा. युवराज खतिवडालाई गभर्नर बनाउनसमेत सक्रिय मानिएका वासुदेव अधिकारीलाई राष्ट्र बैंकमा गभर्नरका खास मानिसका रूपमा लिइन्छ । त्यसैले अधिकारीमाथिको अनुसन्धानले गभर्नरलाई समेत धक्का पुगेको ठानिएको छ । यसरी अधिकारीसहित सातजनामाथि अनुसन्धान गर्न लागिए पनि अख्तियारले विदेशी विनिमय विभागका भीष्मराज ढुङ्गाना, सामान्य सेवाका कार्यकारी निर्देशक शिवराज श्रेष्ठ र एलसी काण्डमा समेत मुछिएका विकास बैंक सुपरिवेक्षणका उपनिर्देशक गोविन्द भट्टराईलगायतका व्यक्ति अनुसन्धानको दायरमा नपर्नुलाई भने अस्वाभाविक रूपमा लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र