प्रहरी प्रशासनको ज्यादतीविरुद्ध पाल्पा बन्द

२८ चैत्र २०६८, मंगलवार ०९:१५ मा प्रकाशित

पाल्पा, २८ चैत । नेपाली काङ्ग्रेस पाल्पाले आज आह्वान गरेको जिल्ला बन्दले बिहानैदेखि जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सदरमुकाम तानसेनलगायत विभिन्न ठाउँबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन ठप्प छन् । यस्तै शैक्षिक सङ्घसंस्था, बजारपसल, उद्योग कलकारखाना पनि खुल्न सकेका छैनन् । प्रहरीले आफ्ना कार्यकर्तामाथि ज्यादती गरेको भन्दै जिल्ला बन्दको आह्वान गरेको काङ्ग्रेस सभापति वीरबहादुर रानाले बताउनुभएको छ । काङ्ग्रेसले यसअघि हिजो
साँझ तानसेनमा मसाल जुलुससमेत प्रदर्शन गरेको थियो । काङ्ग्रेस कार्यकर्ता तथा नेपाल तरुण दल जिल्ला कमिटीका सदस्य दिपक घिमिरेलाई आइतबार प्रहरी कार्यालय परिसरबाट पाल्पाका डि.ए.स.पी मिरा चौधरीले घोक्य्राएर दुव्र्यवहार गरेको काङ्ग्रेसको आरोप छ । गल्ती स्वीकार गरी चौधरीले माफी माग्नुपर्ने भन्दै दबाबस्वरूप काङ्ग्रेसले आज बन्दको आह्वान गरेको हो । विवाद मिलाउन हिजो दिउँसो जिल्ला प्रशासनमा भएको छलफलमा समेत कुरा नमिलेपछि काङ्ग्रेसले जिल्ला ब्न्दको आह्वान गरेको हो । यही चैत १२ गते पाल्पाको सराईमा मोटरसाईकल र ट्याकटर एक आपसमा ठोक्किँदा एकजनाको मृत्युको भएको विषयलाई लिएर प्रहरी र काङ्ग्रेसबीच विवाद चुलिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी