द्धन्द्धपीडितको रकम भत्तामा बाँडेपछि शान्ति समिति विवादमा

२६ असार २०७०, बुधबार ०७:४० मा प्रकाशित

रुपन्देही, २६ असार । स्थानीय शान्ति समितिका नाममा द्धन्द पीडितका लागि आएको रकममा अनियमितता भएको पाइएको छ । स्थानीय शान्ति समिति कपिलवस्तुले द्धन्द्धपीडितको रकम अन्यत्र खर्च गरी अनियमितता गरेको हो । समितिका पदाधिकारीहरुको मिलेमतोमा द्धन्द्धपीडितका लागि आएको कम्प्युटर प्रशिक्षण तालिमको रकम गोष्ठी कार्यक्रममा खर्च गरिएको छ । केन्द्रले वार्षिक कार्यक्रमअन्तर्गत तोकेर द्धन्द्धपीडित लागि कम्प्युटर तालिमअन्तर्गत १ लाख रकम विनियोजन गरी पठाएको थियो ।
समितिका पदाधिकारी एवं कर्मचारीले तालिमका लागि गाविस सचिवमार्फत सूचना जारी गरेको र तालिम लिन कुनै द्धन्द्धपीडितले आवेदन नदिएपछि उक्त रकम अन्य कार्याक्रममा खर्च गरिएको बताउँछन् । समितिले द्धन्द्धपीडितको रकम असार १७ गते तौलिहवा तथा १८ गते बहादुरगञ्जमा अभिमुखीकरण गरी सिध्याएको छ । कार्यक्रममा ४७ गाविस सचिव तथा गाविस स्तरीय शान्ति समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई भत्तास्वरुप ४ सय रकम समेत दिइएको थियो । स्थानीय शान्ति समितिका संयोजक चन्द्रकान्त शर्माले तालिममा सहभागिका
लागि सूचना जारी गरे तापनि द्धन्द्धपीडितहरु नआएपछि उक्त रकम फ्रिज हुन नदिन अर्को कार्यक्रममा खर्च गरेको बताउँछन् । आर्थिक विनियमावली अनुसार कुनै एक शीर्षकको रकम अर्को शीर्षकमा खर्च गर्न नपाउने प्रावधान छ । गाउँ स्तरीय शान्ति समितिका लागि केन्द्रले वावर्षक २० हजार रकम उपलब्ध गराए पनि द्धन्द्धपीडितको रकम खर्च गरिएपछि अहिले शान्ति समिति विवादको घेरामा छ ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा