बेलायतमा नेपालीहरुले मनाए पूर्वराजाको ६७ औ जन्मदिन

२६ असार २०७०, बुधबार ०१:३४ मा प्रकाशित

भरत क्षेत्री, लन्डन । सयुक्त राष्ट्रवादी संगठन बेलायतले यहि जुलाई ७ तारिक २०१३ को दिन रोयल क्लब नेप्लिज रेस्टुरेन्ट ग्रीनफोर्ड लन्डनमा पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औ जन्मदिन भव्यताको साथ विभिन्न पेशाकर्मी, विद्यार्थी, भूतपूर्व गोर्खा सेनाको परिवार लगायत समाज सेवीहरुको उपस्थितिमा मनायको छ । संयुक्त राष्ट्रवादी संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षता भयको उक्त कार्यक्रममा अध्यक्ष क्षेत्रीले पानसमा बत्तिबाली पूर्व राजा ज्ञानेन्द्रको तस्बिरमा माल्यार्पण गरि कार्यक्रमको सुभरम्भ गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सबैले पालोपालो पूर्व राजा ज्ञानेन्द्रको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाइ धन्यबाद दिदै अध्यक्ष क्षेत्रीले नेपालमा हिन्दु धर्म र राजसंथा हटाउनुको मुख्य कारण केहि राजनैतिक दलका सिमित नेताहरु विदेशीहरुको मतियार बनि उनीहरुले बनाएको एजेन्डाको आधार मा हटाएको हो भन्नु भयो । साथै उहाले राजसंथा र हिन्दु राष्ट्र भ्रष्टनेताहरुले हटाउदैमा नहट्ने भन्नु भयो त्यसैले आज पूर्व राजा ज्ञानेन्द्र साह देसको जुनै ठाउको भमण गर्दा होस् सारा नेपाली जनताहरु को महासागर त्यतिकै पूर्व राजाको पछि लागेका मात्र छैनन् आज ति राष्ट्र प्रमि नेपालीहरुको नारानै बनेको छ “राजा आऊ देस बचाऊ” भनेर । साथै उहाले सम्पूर्ण नेपालीहरुको एकताको प्रतिकमा रहेको २४० वर्ष लामो ईतिहास भयको राजसंथाको ईतिहासले नै नेपाल भन्ने देश सिर्जना गरेको भन्नु हुँदै पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेकोले नै आज हामी नेपालीले गर्वको साथ हामी नेपालीभई बाँच्न पायका छौ भन्नु भयो । नेपालको सन्दर्भमा पृथ्वी नारायण शाहले दियको दिव्य उपदेश “नेपाल चार जात छतीस वर्णको फुलबारी हो” भन्ने उपदेस आज पनि अतिनै सान्दर्भिक भयको छ भनि बताउनु भयो भने उहाले अब नेपालीहरुले दलको राजनैतिक स्वार्थमा लागेर जातियता र क्षेत्रीयताको नाम मा फुट्न नहुने भन्नु भयो । संबिधान सभाको चुनवा र संविधान लेखन भनि पटक पटक म्याद थप्दै भ्रस्ट नेताहरुले नेपाली जनता माथि ठुलो घात गरेर राज्यको अरबौ रुपैया दुरुपयोग गर्दै संविधान दिन पनि नसकेको र संविधान सभा पनि विघटन गरेर मुलुक लाई अन्योल गर्स्त बनायको भन्दै आकोर्स पोक्नु भयो । मुलुकलाई पहिला क्रान्तिको नाममा जंगलीहरुले जनयुद्द गरेर विकास निर्माण ध्वस्त पारेको र हजारौ नेपाली जनताले विनाकारण जनयुद्दको नाममा ज्यान गुमाउनु परेको अहिले राजनैतिक दलको रुपमा आएपछि देशमा चरम भ्रस्टचार गरेको भन्नु हुदै अब ति जंगलीहरु विस्तारै पतन हुदै जानेछन् भन्नु भयो ।

यस्तै कार्यक्रममा बोल्ने क्रममा राप्रपा नेपालका रोशन सापकोटाले नेपालमा हिन्दु राष्ट्र र राजसथा लाई हटाएर नेपाल र नेपालीको ईतिहासनै मेट्न खोजेको भन्नु हुँदै नेपालमा बढ्दै गयको विदेशी हस्तक्षेपको विरोध गर्नु भयो । नेपालका केहि राजनैतिक दलका उच्च नेताहरु विदेशी खुफिया एजेन्सीको लागि काम गर्दै नेपालमा चाही राजैतिक नेताको आवरण ओढेर बाँचेको र तिनै विदेशी दलालहरु मुलुक टुक्र्याउन सक्रिय रहेको छ भन्नु भयो । पछिल्लो समयमा नेपालमा पैसाको आडमा धर्म परिवर्तन र चर्च निर्माण तिव्र गतिमा बढ्नुले नेपाल को स्वाभिमाननै खतरामा बढ्दै गयको र यस्तो बेलामा नेपालमा राज संस्थाको अभिभावकीय भूमिका को अत्यन्त आबश्यकता रहेको छ भन्नु भयो । यस्तै बक्ता हरुले बोल्ने क्रममा संगठनका रितेश बिक्रम साहले नेपाललाई पुन हिन्दुराष्ट्र र राजसंथा पुनर्स्थापना गर्न सम्पूर्ण राष्ट्रप्रेमी नेपाली एकजुट भई आबश्यक परेको बेलामा जस्तो सुकै चुनौती सामना गर्न पनि तयार रहेको छ भन्नु भयो । कार्यक्रममा नेपालका बरिस्ठ गायक पवित्रमान शाक्यले नेपाली भावनाले प्रेरित राष्ट्रिय गीत गाएर सबैलाई मनोरंजन दियका दियका थिय भने कार्यक्रमको स्वागत मन्तव्य प्रकाश बिक्रम सिंगले दिनु भएको थियो भने कार्यक्रम संचालन अन्जान बगालेले गर्नु भयको थियो । “जय राष्ट्र वाद”

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत