नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा तनाव

२८ चैत्र २०६८, मंगलवार ०९:१४ मा प्रकाशित

नेपालगञ्ज, २८ चैत । नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा अस्पतालका सुपरिटेण्डन्डले रातको बेला बिरामी निकाल्न थालेको विषयमा अहिले तनाव उत्पन्न भएको छ । आज बिहान ३ बजे एक्कासी अस्पतालको गाईनी वार्डमा प्रवेश गरेका मेडिकल सुपरिटेण्डेण्ड डा. नरेन्द्र रायले गाईनि वार्डमा काम गर्ने डा. नभएको र बिरामीलाई उपचार गर्न नसक्ने बताउँदै ताला लगाउन कस्सिएका थिए । मेडिकल सुप्रिडेण्डेन्ड बिरामी निकाल्न थालेपछि गम्भिर प्रकृतिका बिरामीहरु उपचारका लागि नेपालगञ्जको शिक्षण अस्पतालमा पुगेका छन । सुपरिटेण्डेण्डको व्यवहारबाट आक्रोशित बिरामीका आफन्तले अहिले प्रसुति वार्डमै डाक्टरहरुलाई घेराबन्दी गरेका छन् । केही महिना पहिले मात्र मेडिकल सुपरिटेण्डेण्ड बनेका राय यसअघि अस्पतालका मनोवैज्ञानिक डाक्टर पनि हुन् । बिरामीका आफन्तले होहल्ला मच्चाएपछि अहिले जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा बिरामीका आफन्त र डाक्टरहरूबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले