चार तला माथिबाट चोर फालहान्दा…

२५ असार २०७०, मंगलवार २२:२४ मा प्रकाशित

काठमाडौं, २५ असार । चितवनबाट रोजगारीको लागि राजधानी छिरेका २६ वर्षीय दीपक दुलालले काठमाडौंमा भनेजस्तो रोजगारी भेटेनन् । उनलाई चाँडोभन्दा चाँडो धनी बनेर राजधानीमै घर, गाडी जस्ता विलासी चाहना पुरा गर्नु थियो । तर, कमाउनु त कता हो कता बिहान बेलुका हातमुख जोड्न पनि समस्या पर्ने अवस्था आइपरेपछि जसरी हुन्छ विदेश जाने र पैसा कमाएर फर्कने उद्देश्य बोके । तर, त्यसका लागि पनि चाहियो पैसा नै, जो उनसँग थिएन । अन्ततः उनले कठोर फैसला गरे, चोरी डकैतीमा लाग्ने । 
हो, यसरी चोरी धन्दामा लागेको केही महिनामै भरतपुर घर भई जोरपाटी बस्दै आएका दिपक दुलाल सख्त घाइते बन्न पुगेका छन् । हिजो सोमबार काठमाडौँ महानगरपालिका–१६ भगवान बहालस्थित पाँचतले घरको माथिल्लो तलामा चोरी गर्ने क्रममा घरधनी राजु खड्गीले थाहा पाएपछि दुलालमाथि यस्तो दुर्दशा आइलागेको हो । घरधनिले देखेर हो–हल्ला गरी समाउने क्रममा दुलार चार तला माथिबाट हामफाल्न पुगे । त्यति माथिबाट फाल हान्दाको पीडा अर्कै, त्यसमाथि स्थानीय बासिन्दाले पक्राउ गरी कुटपिट समेत गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि उनलाई बीर अस्पताल भर्ना गरिदिएको छ प्रहरीले । यसरी पैसा कमाएर सुखसयल गर्ने दुलालको सपना चोरको विशेषणसहित शारीरिक रुपमा घाइते बनेर बीर अस्पतालको बेडमा थेचारिन पुगेको छ ।
चितवनका दुलाल एउटा प्रतिनिधि पात्र मात्र हुन् । सुन्दर भविष्यको खोजीमा भौँतारिँदाभौँतारिँदै यस्तै कुमार्गमा पलायन हुन बाध्य भई निरासा, बदनामी र अपराधको गर्तमा धसिएका युवा यतिबेला नेपाली समाजमा बग्रेल्ती भेटिन्छन् । नभेटिएको त यसरी अन्धारतिर लम्किएको सामाजलाई उज्यालोतर्फ डोर्याउन सक्ने सवल, सक्षम र इमानदार राजनीतिक नेतृत्व मात्र हो । आखिर यस्तो काले भविष्य बोकेर मुलुक कहाँसम्म घिसारिएला ? सचेत तप्का सोचमग्न छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड