पुर्वाञ्चलमा नेपाली सेनाको उद्धार कार्य

२५ असार २०७०, मंगलवार २२:२२ मा प्रकाशित

काठमाडौं, २५ असार । पूर्वाञ्चलको सुनसरी तथा झापा जिल्लामा वर्षाको कारण आएको बाढीबाट प्रभावित इलाकामा उद्धार कार्यको लागि नेपाली सेना परिचालन भएको छ । सुनसरीको इटहरीबाट ७ कि.मि. दक्षिणतर्फ रहेको बुढीखोला, दक्षिणपूर्व पर्ने ट्याङग्रा खोला र धरानबाट ३ कि.मि. पूर्व पर्ने सेउतीखोलामा आएको बाढीबाट डुवानमा परेका क्षेत्रहरुमा उद्धार कार्यको लागि श्री बटुकदल गणबाट मंगलबारदेखि फौज परिचालन भएको छ । इटहरीबाट १ कि.मि. दक्षिणमा पर्ने राधाकृष्ण मन्दिर समेत डुवानमा परेको हुँदा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।
यसैगरी, दमकबाट ३ कि.मि. पूर्व रहेको देउलीखोलाले लखनपुर गा.वि.स.–१ पाराजुगीेमा कलभर्ट बगाई गाउँ डुवानमा परेको र चारआलीबाट दक्षिणतर्फ पर्ने डाँगीबारी ईलाका समेत डुवानमा परेको हुँदा यी दुवै प्रभावित क्षेत्रहरुमा श्री ईन्द्रध्वज गणबाट उद्धार कार्यको लागि फौज परिचालन भएको छ । हाल उक्त प्रभावित ईलाकाहरुमा नेपाली सेनाका २ सय फौज उद्धार कार्यमा संलग्न रहेका छन् ।
उता, सुदूर पश्चिमाञ्चलको दत्तुदेखि खलंगासम्म नेपाली सेनाको हेलिकप्टरद्धारा मंगलबार ७,३५० के.जी. चामल खलंगा पु¥याईएको छ । नेपाल खाद्य संस्थानद्धारा दत्तुमा भण्डार गरेको ३०,००० के.जी. चामल ढुवानी गर्ने कार्य पनि आजै पुरा भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच