पशुपति क्षेत्र विकास कोषमा टण्डन

२५ असार २०७०, मंगलवार १९:५७ मा प्रकाशित

काठमाडौ, २५ असार । पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिव नियुक्त गरिएको छ । निवर्तमान सदस्य सचिव सुशील नाहटाको चारवर्षे पदावधि गत १४ गते समाप्त भएको थियो । नाहटा पुनः सोही जिम्मेवारीमा रहन चाहन्थे, सोबमोजिम उनको सक्रियता पनि तीव्र भएको थियो । तर, गिरिजाप्रसाद कोइरालाको विशेष अनुग्रहमा सदस्यसचिव नियुक्त भएका उनलाई विस्थापित गरेरै छोड्ने अभियानमा लागेकी प्रचण्डपुत्री रेणु दाहालको अगाडि नाहटाको कुनै जोड चलेन । अन्ततः दाहालपुत्री रेणूकै इशारा र चाहनाअनुसा आफूलाई हिंसाविरोध र पशुवादी भनी चिनाउन चाहने गोविन्द टण्डनलाई चार वर्षका लागि सरकारले सो पदमा नियुक्त गरेको छ ।
टण्डन २०४९ सालमा पनि १४ महिना सदस्य सचिव बनेका थिए ।  ०५० सालमा दक्षिणा र भेटीलाई पशुपतिको विकासमा लगाउनु पर्ने प्रावधान उठाएकै कारण तत्कालीन मूलभट्टसँग विवाद परेर उनी पदमुक्त भएका थिए।

नियुक्त भएपछि टण्डनले पहिलो चरणमा पशुपति क्षेत्रको गुठीका जग्गालाई कोषको नाममा ल्याउने, पशुपति क्षेत्र विकास गुरुयोजना अघि बढाउनेलगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४