चट्याङ लागेर एकको मृत्यु, एक घाइते

२८ चैत्र २०६८, मंगलवार ०९:१३ मा प्रकाशित

पर्वत, २८ चैत । पर्वतको वाहकी गाविसमा हिजो दिउँसो परेको चट्याङ लागेर घाइते भएका राजु भट्टराईको उपचारका लागि पोखरा लैजाँदा गर्दा बाटोमै मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे परेको चट्याङ लागेर बेहोस् भएका वाह गाविस वडा नं ३ का ४० वर्षका राजु भट्टराईको पोखरा लैजाँदै गर्दा मृत्यु भएको हो । चट्याङ लागेर सोही गाविसकी वडा नं ९ की ५६ वर्षिया होमकला भट्टराई घाइते हुनुभएको छ । उहाँको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।  गाविसको वडा नं ३ र ९ मा एकैसाथ परेको चट्याङबाट दुई वडाका धेरैजसो घरका मिटर बक्स जलेर नष्ट हुनुका साथै वडा नं ९ का एकनारायण भट्टराईको घरमा समेत चट्याङले क्षति पु¥याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्