भारतीय विदेशमन्त्री सलमान खुर्सिद काठमाडौंमा

२५ असार २०७०, मंगलवार १०:३८ मा प्रकाशित

काठमाडौं, २५ असार । भारतीय विदेशमन्त्री सलमान खुर्सिद एक दिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । विदेशमन्त्री सलमान खुर्सिद सहितको उनको नेतृत्वको भारतीय प्रतिनिधि मण्डल एयर इन्डियाको विशेष विमानबाट बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगतै नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै विदेशमन्त्री सलमान खुर्सिदले आफू नेपालमा निर्वाचन सम्पन्न होस भन्ने भारतको सुभेच्छा सहित नेपाल भ्रमणमा आएको बताए । उनले स्वतन्त्र र निष्पक्ष ढंगले नेपालमा चुनाव होस भन्ने पक्षमा भारत रहेको बताए ।खुर्सिदले भने, ‘कुनै औपचारिक एजेन्डाका लागि आएको होइन, निर्वाचनका लागि भारतको सदभाव र सुभेच्छा प्रकट गर्न आएको हुँ ।’विदेशमन्त्री सलमान खुर्सिदले नेपाली समकक्षी परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग औपचारिक भेटवार्ता गर्ने छन् । विदेशमन्त्री खुर्सिदले आफ्नो आज दिनभरको भ्रमणको क्रममा राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, समकक्षी मन्त्री माधव घिमिरे सहित विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ